भूकम्प पिडितलाई खुशीको खबर : बनिसकेका घरको मापदण्ड नखोजी अनुदान उपलब्ध गराउन प्रमको निर्देशन

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताउनुभएको छ ।

“निर्माणको काम धिमा गतिमा भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसलाई गति दिनुपर्छ ।” कतिपय पिडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ । ”