वातावरणमैत्री चुल्होको प्रयोग बढ्दै

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ ।

नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।