प्रियंका कार्की र दयाहाङ राईलाई फेरि एक पटक स्क्रिनमा एक साथ देख्न पाइने भएको छ चलचित्र हो 'लाल्टिन' । हिजो एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको थियो । अनिम श्रेष्ठ र राज केसीको निर्माण तथा देव कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘लालटिन’ जेठ २६ मा रिलिज हुदैछ ।

एक्सन थ्रिलर जनरामा बनेको यस सिनेमामा दयाहाङको भूमिका अलि रहस्यमय देखिएको छ भने प्रियंका बार गर्लको रुपमा देखिएकी छिन् । बिहीबार रिलिज गरिएको सिनेमाको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । यस सिनेमा समावेश ‘म त चमेली’ बोलको गीतले यस अघि नै राम्रो सफलता पाएको छ । आस्था राउतको आवाजमा सजिएको यस गीतमा प्रियंकाको हट अवतार देख्न सकिन्छ ।