फागुन २०, पोखरा, पदम थापा मगर

तनहुँ बन्दीपुरका पवन राना मगर पछिल्लो समयका उदयमान कलाकार हुन् । उनी लोक गीत, आधुनिक गीत, पप गीत हरेक विधाका गीतहरु गाउने गर्छन् । २०६५ साल देखि सांगीतिक क्षेत्रमा भविष्य खोज्दै काठमाण्डौ बस्दै आएका पवनले (मुल बाटो रैछ) आधुनिक गीत, (बिछोडले हो आत्मा जलाउने) दोहोरी गीत, (काली गोरी) लोक पप गीत, (एउटी केटी) पप गीत र केही समय अगाडि मोहनी तिम्रो रुपैले बोलको कौरा गीत संगै अहिले फेरि अर्को बिल्कुलै नयाँ कौरा गीत "आउन त कानछी" बोलको कौरा गीत बजारमा ल्याएका छन् ।

निर्भाना कला केन्द्रको प्रस्तुतिमा पवन राना मगर र सीता थापा मगरको सुमधुर आवाज भरिएको यस गीतको लय,शब्द दिवान किनारले बनाएका छन् । मनाङ गुरुङले निर्देशन गरेको यस गीतको भिडियो खेम थापाले छायांकन र बिष्णुहरी तिमल्सिना सम्पादन गरेका छन् । यस गीतमा यु.के. बस्दै आएकी सविता राना मगर र साथीहरूको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :