बागलुङ् । हाम्रो अभियान¸लोक संस्कृतिको संरक्षण¸स्रष्टाको सम्मान¸नव प्रतिभाको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अंचल कार्य समिति धौलागिरीले यही चैत्र १० गते देखी २० गते सम्म म्गाग्दी जिल्लाको सुन्दर नगरी बेनी बजार स्थित खुला मंचमा प्रथम धौलागिरी सास्कृतिक महोत्सव गर्ने भएको छ ।

सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै महोत्सव व्यवस्थापनको लागी तिव्र रुपमा तयारी भैरहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अंचल कार्य समिति धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटाले जानकारी दिनु भयो ।

यसै गरि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अंचल कार्य समिति धौलागिरीका बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीले यो धौलागिरी क्षेत्रको बिकासको लागि पनि नयाँ आयाम हुने बताउनु भयो ।