संसदीय सुनुवाई समितिका लागी १२ सांसदको नाम प्रतिनिधिसभाबाट स्वीकृत

संसदीय सुनुवाई समितिका लागी १२ सांसदको नाम प्रतिनिधिसभाबाट स्वीकृत

२६ पटक पढिएको

काठमाडौं । प्रतिनिधिसभा बैठकले संसदीय सुनुवाई समितिमा रहने सांसदको नाम सर्वसम्मतिले स्वीकृत गरेको छ ।

संविधानको धारा २९२ को उपाधार २ एवं संघीय संसद सञ्चालन सम्बन्धि नियम २४ को उपनियम २ बमोजिम सुुनुवाई समितिमा रहने १२ सांसदको नाम सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाबाट समितिमा ७ नेकपा, ३ नेपाली काँग्रेस, राजपा र संघीय समाजवादी फोरमबाट एक एक जना रहने छन् ।

समितिमा नेकपाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुर्णकुमारी सुवेदी, योगेश भट्टराई, शिवकुमार मण्डल र सुरेन्द्र पाण्डे छन् । यस्तै नेपाली काँग्रेसबाट ज्ञानेन्द्र कार्की, पुष्पा भुसााल, भीमसेन दास प्रधान रहनेछन् । यस्तै संघीयसमाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मण लाल कर्ण समितिमा प्रतिनिधित्व गर्नेछन् ।

संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था छ । जसमा राष्ट्रिय सभाबाट ३ सुमन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र नारायण देव रहनेछन् ।