अनन्त भण्डारी
फाल्गुन ६ पोखरा 
दाह्री ग्याङ सायद यो नाम हजुरले सुन्नु भएकै होला l पछिल्लो समय सामाजिक क्षेत्रमा अगाडी बढिरहेको उक्त फेसबुक अन्तर्गतको क्लोज ग्रुप दाह्री ग्याङ खोलेको आज एक बर्ष पुगेको उपलक्ष्यमा ग्याङ का मेम्बर हरुले धम्पुस वडा नम्बर ५ को देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गर्दै दारी ग्यांगले पहिलो वार्षिकोत्सव मनाएको छ l 

धम्पुस वडा नम्बर ५ स्थित को देउराली आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत शैक्षिक सामाग्रीका साथै खेलकूद सामाग्री प्रदान गरेको हो  । समूहका पोखरा संयोजक शेखर गौतमका अनुसार विद्यालयलाई मार्कर, मसी, डस्टर, स्पाईकिङ, ब्याडमिन्टन, कक, फुटबल का साथै बिद्याथीलाई कापी सिसाकलम हस्तान्तरण गरिएको छ ।विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा  पोखरा संयोजक शेखर गौतमका साथ ग्याङका सदस्यहरु लगाएतले संयुक्त रुपमा प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारी तथा ।विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । तेस्तै आज परेको ग्रुपको वार्षिकोत्सव अबसरमा केक काटेर बिद्यालयमानै ग्याङका सदस्यहरुले पहिलो वार्षिकोत्सव मनाएका छन् l 

चालिस जना विद्यार्थी तथा एक शिक्षक चार शिक्षिका रहेको उक्त विद्यालयमा सामग्री प्राप्त गरेपछि विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुले खुसि ब्यक्त गरेका थिए साथै कार्यक्रममा बोल्दै शिक्षिका जसकुमारी बिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी तथा प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारीले सहयोगको लागी धन्यवाद दिदै आगामी दिनमापनि यस्तै सहयोगको अपेक्ष्या गरेको बताउनु भएको थियो l सामग्री प्राप्त गरे पछी बिद्यालयका विद्यार्थीहरुले स्वागत गीत का साथै निर्त्य देखाएर खुसि प्रकट गरेका थिए l
 

तेस्तै ग्याङका पोखरा संयोजक शेखर गौतमले कार्यक्रममा बोल्दै बिद्यालयलाई सहयोग गर्न पाएकोमा  र पहिलो वार्षिकोत्सव यसरी मनाउन पाउदा  खुसि ब्यक्त गर्नु भएको थियो । आगामी दिनमा पनि ग्याङले बिद्यालयलाई सक्दो सहयोग गर्ने आस्वासन ब्यक्त गर्नु भयो l दारी पालेका युवाहरुलाई समाजमा नराम्रो दृस्टीकोणले हेर्ने गरेको भएकाले तेस्लाई परिबर्तन गर्न दाह्री ग्याङ अगाडी बढेको बताउनु भएको थियो  साथै सामाजिक कार्यमा सधै दारी ग्यांगको सहयोग रहने जनाउनु भयो । यसअघी पनि पोखरा २४ कमेरे स्थित युवाबर्ष आधारभूत विद्यालय र  कास्कीको पोखरा वडा नं. २३ स्थित निर्मलपोखरी पोख्रेलथोक स्थित रामरुद्रा आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत शैक्षिक सामाग्रीका साथै सामाग्री प्रदान गरिसकेको ग्यांगले आगामी दिनमा पनि बिभिन्न कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

पछिल्लो समयमा सामाजिक कार्यमा अगाडी बडीरहेको सस्था दाह्री ग्याङ स्थापनाको छोटो समयमै समूहले यसअघि बिद्यालयलाई सहयोग, मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदान, ट्राफिक सचेतनामूलक कार्यक्रम लगायत आधा दर्जन बढि सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । 

तस्बिरमा हेर्नुस :