ओमान मा समेत बिशेष कार्यक्रम गरि मनाइयो गणतन्त्र दिवस

ओमान मा समेत बिशेष कार्यक्रम गरि मनाइयो गणतन्त्र दिवस

१२५ पटक पढिएको

ओमन २४० वर्षे शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा नेपाली राजदुतावास मस्कटले बिहिवार सांझ राजदुत निवासमा शुभकामना आदानप्रदान सहितको एक कार्यक्रम आयोजना गरेर गणतन्त्र दिवस मनाएको छ । सो दिवस मंगलबार परेको भए पनि ओमनमा कार्यरत प्राय नेपालीहरुको बिदाको दिन पारेर विहिबार साझं मनाईएको हो |

 

२०६२ / ६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको यस दिनको सम्झनामा हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ ।

ओमनको मस्कट, नेपाली राजदुत निवासमा सम्पन्न उक्त कार्यक्रमको सभाअध्यक्ष, ओमनको लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले गर्नु भएको थियो भने ओमनमा क्रियाशिल विबिन्न संघ-संस्थाका प्रतिनिधिहरुले गणतन्त्र दिवसको शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

प्रतिनिधिहरुले कार्यक्रम लाई सम्बोधन गर्दै संघीय गणतन्त्र नेपाल घोषणा भएको ११ वर्ष लाग्दा पनि मुलुकको भौतिक आधार तथा अर्थतन्त्रले अपेक्षीत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए। साथै उनिहरुले अब देश राजनीतिक स्थिरतामा लम्कदैं गएकोले विगत निराशजनक भए पनि आर्थिक विकास र समृद्धिमा भविस्य आशावादी रहेको औल्याएका थिए ।

उक्त विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली राजदुतावास ओमनिकि राजदुत शर्मिला पराजुली ढकालले विगत १ वर्ष देखी दूतावासले गर्दै आएका कार्य विवरणको वारेमा सहभागीहरुलाई जानकारी गराउनु का साथै ११ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना प्रदान गर्नु भयको थियो | हाल सम्म दुतावासले, ओमानमा दु:ख परेका नेपाली महिला पुरुष गरी १४५ भन्दा बदिलाई उदार् गरी नेपाल पठाई सकेको पनि राजदुत ढकालले अौल्याउनु भएको थियो |

-स्टिम न्युज बाट