१२ वर्षपछि फ्रान्स विश्वकपको फाइनलमा, बेल्जियम बाहिरियो

१२ वर्षपछि फ्रान्स विश्वकपको फाइनलमा, बेल्जियम बाहिरियो

१५३ पटक पढिएको

काठमाडौं–सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ । १९९८ मा विश्वकप जितेर सन् २००६ मा इटालीसँग फाइनल हारेको फ्रान्स १२ वर्षपछि फेरि उपाधि नजिक पुगेको हो ।

गएराती सेन्ट पिटर्सबर्ग्स्थित क्रेस्टोभस्काई रंगशालामा भएको निकै रोमाञ्चक खेलको ५१ औं मिनेटमा फ्रान्सका सामुएल उमतितिले हानेको गोल नै निर्णायक बन्यो । उनले डिबक्सभित्रबाट हानेको हेडले जाली चुम्न पुग्यो ।

५१ औं मिनेटमा सामुएलको गोल पछि डिफेन्स खेलेको फ्रान्सको पोस्टमा बेल्जियमका खेलाडिले एकपछि अर्को प्रहार गरेपनि गोल हुन सकेन । १–० गोलको हारसँगै बेल्जियम सेमिफाइनबाटै घर फर्किएको छ । फ्रान्सले अब इङ्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग फाइनल खेल्नेछ ।