अनन्त भण्डारी
पोखरा ९ फाल्गुन l 
दारी ग्यांग पोखराले मृगौला पिडित दिपेन्द्र पहारीलाई सहयोग प्रदान गरेको छ l यस अघिपनि सहयोग प्रदान गरेको ग्याङ ले बिगत लामो समय देखि मृगौला रोग सग लडी रहेका लेकसाइड निवासी दिपेन्द्र पहारीलाई दारी ग्याङ पोखराले पुर्न सहयोग प्रदान गरेको छ l पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार्थ पहारीलाई दारी ग्यांग पोखराले रु ४५०० प्रदान गरेको दारी ग्यांग पोखरा संयोजक शेखर गौतमले जानकारी दिनु भएको छ l
पोखरामा रहेर पछिल्लो समय बिभिन्न सामाजिक कार्यमा अगाडी बडी रहेको सस्था दाह्री ग्याङले यसअघि पनि पहारीलाई साउन ९ गते नौ हजार एक रुपैया सहयोग गरेको थियो l “औसधी तथा उपचारमा समेत समस्या परे पछि हामीले सहयोग प्रदान गरेका हौ” गौतमले बताउनु भयो साथै सामाजिक कार्यमा सधै अगाडी रहने ज्ञान्गले परेको बेलामा सक्ने सबै ठाउँमा सहयोग प्रदान गर्ने जानकारी दिनु भयो l
स्थापनाको छोटो समयमै समूहले यसअघि बिद्यालयलाई सहयोग, मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदान, ट्राफिक सचेतनामूलक कार्यक्रम लगायत आधा दर्जन बढि सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । एक बर्ष अगाडी बनाईएको अन्य समूहभन्दा पृथक पहिचान बोकेको यो समुह सामाजिक संजाल फेसबुक अन्तर्गतको क्लोज ग्रुप हो l दाह्री ग्याङ समूहमा अहिलेसम्म लगभग ९० हजार सदस्य छन् । मुलुकका विभिन्न शहरमा युवाहरु आबद्ध भई स्थानीय स्तरमा दाह्री ग्याङको नामबाट सामाजिक गतिविधि गरिरहेका छन् ।