फाल्गुन ९, २०७३- सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रिपरिषद बैठकले वैशाख ३१ गते निर्वाचन गर्ने निर्णयमा सरकार पुगेको बताएका हुन् ।

अाज तेस्राेपटक मन्त्रिपरिषदकाे बैठक बस्नु अघि सरकारले निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधीप्रसाद यादवसँग परामर्श गरेकाे थियाे । त्यसपछि बसेकाे बैठकले निर्वाचनकाे मिति घाेषणा गरेकाे हाे ।