सुन्दर कुमार थकाली, मुस्ताङ । 

दुई वर्ष अघि निर्माण गरिएको नेपाली कथानक चलचित्र कबड्डी कबड्डीले मुस्ताङको नाउरीकोटलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाएको छ । चलचित्र प्रर्दशन भए लगत्तै नाउरीकोट घुम्न आउने पर्यटकहरुको संख्यामा अकल्पनीय रुपमा बृद्धि हुन थालेको छ ।चलचित्रमा छायाङ्कन गरिएका स्थानहरुको अवलोकन गर्ने सोचका साथ मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरु गाडीबाट उत्रिएर नाउरीकोट गाउ पुग्ने गरेका छन् ।त्यस्तै मोटर साईकल लिएर हिमालपारी घुम्न आउनेहरु समेत उक्त स्थानमा नपुगी छाड्दैनन्।

चलचित्रको नब्बे प्रतिशत छायाङ्कन नाउरीकोटमा भएको हो ।उक्त चलचित्रकी नायिका मायाको होटल घ्रुस्याङ्बो गेष्ट हाउस हेर्न पर्यटकहरु आतुर हुन्छन् । स्थानीय थकाली कला संस्कृति सभ्यतामा आधारीत उक्त चलचित्रको प्रर्दशनले व्यवसायिक मुनाफा मात्र कमाएन शिङ्गो थाकसातसय क्षेत्रकै पहिचानलाई समेत उचाईमा पूर्याएको आदर्श मावि कोवाङका शिक्षक राज कुमार थकालीको भनाई छ ।उनले स्वदेशी पर्यटक यहाँ आउदा नायिका मायाको होटल कहाँ पर्छ भनी सोध्ने गरेको बताए ।

म्याग्दी सदरमुकाम बेनी देखि करिव ६० किलोमिटर दुरीमा पर्ने नाउरीकोटमा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकहरु दृष्य अवलोकनका लागि धाउने गरेका छन् ।नाउरीकोट मुस्ताङ सदरमुकाम जोमसोम देखि करिव १५ किलोमिटर पर छ ।हवाईसेवा मार्फत आएका आन्तरिक तथा बाह््य पर्यटकहरु समेत गाडी रिर्जव गरेरै भएपनि एकपटक नाउरिकोट गाउ हेर्न जाने गरेका छन्।

बेनी जोमसोम शडकखण्ड अन्र्तगत पर्ने लार्जुङ बस्ती देखि ठाँडो उकालो ३ किलोमिटरको दुरीमा नाउरिकोट पर्दछ ।उक्त ३ किलोमिटर शडकलाई नाउरीकोट गाउ सम्म  पुर्याउन थासाङ भिलेज संञ्चालन गदै आईरहेका स्थानीय पर्यटन व्यवसायी अर्जुन सिंह तुलाचनले महत्वपूर्ण भुमिका खेलेका हुन् । उनकै पहलमा ३ वर्ष अघि उक्त स्थानमा मोटर पुगेको हो ।नाउरीकोट संग शडक जोडिए लगत्तै पर्यटकलाई उक्त स्थानमा पुग्न सजिलो भएको स्थानीयवासीले बताए ।

पूर्वमा पर्ने नीलगिरी र दक्षिणमा धौलागिरी हिमालको मनोमोहक सौन्र्दयता लुट्न नाउरीकोट महत्वपुर्ण गन्तव्य बन्दै जान थालेको छ ।घौलागिरी हिमालको काखैमा रहेको नाउरीकोटबाट नीलगिरी हिमाल निस्कलङ्क देखिने गर्छ । शहर बजारको भिडभाड,धुवा,धुलोमैलो र कोलाहलबाट आजित बनेका पर्यटकलाई यो स्थान एकान्तमय र आनन्ददायक लाग्छ।बस्ती देखि ५० मिटर परको खुला स्थानमा पर्यटकले धौलागिरी र नीलगिरीको हिमालको सयर गर्ने गर्छन्।

नाउरीकोट अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरु नजिकै रहेको घ्रुस्याङ्बो ताल र कुञ्जोको टीटीमा रहेको टीटी ताल अवलोकनका लागि पुग्छन् । टीटी ताल नाउरीकोटदेखि तल झर्दे कालीगण्डकी पार गरेपछि ३ घण्टा पैदल पछि पुग्न सकिन्छ । लार्जुङ फाँटमा पर्यटकका लागि पर्याप्त होटलहरु रहेपनि नाउरीकोटमा थासाङ भिलेज रिसोर्ट र एक घ्रुस्याङ्बो होटल बाहेक अन्यले होटल व्यवसाय संञ्चालन गरेका छैनन्।

कोवाङ गाविसमा आदीवासी जनजाती अन्र्तगतको थकाली बस्तीको बाहुल्यता छ, भने सानो संख्यामा दलित समुदायले वसोवास गरेका छन् ।साथै अन्य जिल्लाबाट आई वसोवास गर्ने गैर मुस्ताङीहरुको पनि उपस्थिती छ ।उनीहरु त्यहाँ कृषि पेशाका साथसाथै दैनिक ज्याला मजदुरी गरी बसेका छन्।नाउरीकोट बस्तीको उचाई मार्फत कालिगण्डकी करिडोर,खेतीयोग्य समथर भू–भागका साथै स्थानीयले उत्पादन गर्ने स्याउका बुट्यानहरु,आलु ,जौ,उवाँ,फापरका फुलहरु फक्रिएको दृष्य देख्दा पर्यटक दङ्ग पर्ने गर्छन् ।

प्राचीन थाकसातसय क्षेत्रको ईतिहासले चिनिने थासाङ्ग क्षेत्र थकाली संम्प्रदायको उद्गम स्थल हो । ऐतिहासिक ,धार्मिक र सांस्कृतिक पहिचानले भरिपुर्ण नाउरिकोटमा थकाली चारचनका अलग देवता झिम्सी अर्थात कोठी घरमा राख्ने चलन छ ।ती देवताहरुको प्रत्येक १२ वर्षको अन्तरालमा एकपटक पुजाआजा गर्ने गरिन्छ।जसलाई बाह्रवर्षे पर्व भन्ने गरिन्छ । त्यस्तै नाउरिकोट हुदै १ घण्टाको ठाँडो पैदल यात्रा हिडेर ठुलो पहाडसंंग जोडिएको घ्रुरुस्याङ्वो गुफा पुग्न सकिन्छ । गुफाभित्र बिभिन्न देवी देवताहरुका ऐतिहासिक किंवदन्ती र शिलालेख छ ।

गुफा भित्रको अध्याँरो स्थानमा रहेको देवी देवता हेर्न टर्चलाईटको सहयोग लिनुपर्ने हुन्छ । गुफा रहेको स्थानको पहाडबाट पानीका फोहोरा झरेको देख्न सकिन्छ ।गुफाको संरक्षण र रेखदेख गर्न वर्षेनी आलोपालो एक लामा रहने गरेको छ ।उक्त गुफामा कार्यरत लामाले बुद्धिस धर्म अनुसार पुजापाठ गर्ने गर्छन् । हरेक पूर्णिमाका दिन स्थानीयहरु यो स्थानमा गई पुजा गर्ने र त्यहाँ अवस्थित देवताहरुको प्रत्यक्ष दर्शन गर्न जाने परम्परा छ ।