आमाले इन्टरनेट चलाउन नदिएकै कारण छोरीले गरिन् आत्महत्या !

आमाले इन्टरनेट चलाउन नदिएकै कारण छोरीले गरिन् आत्महत्या !

१९९ पटक पढिएको

बुटवल । अर्घाखाँचीमा एउटा दुखत् र अभिभावकहरुलाई सोच्न बाध्य पार्ने घटना घटेको छ । इन्टरनेट सेवा भएको मोबाइल चलाउन आमाले नदिएपछि भुमिकास्थान नगरपालिका– ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी छन् ।

आमा रमा थापाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाई बुझाई गर्दा जिद्दी स्वभावकी छोरी सुनिता थापाले मोबाईल चलाउन नपाएको झोँकमा आवेगमा आएर बुधवार आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी प्रमुख डिएसी नवराज मल्लसँग सम्पर्क राख्दा घटनाको पहिलो कारक आमाले मोबाइल चलाउन नदिनु रहेको पाईएको बताए ।
उनले भने–‘उनले ज्यान हाल्नुको पहिलो कारक त्यही देखिएको छ । उनले सुसाईट नोट पनि लेखेकी छन् । जुन यस्तो छ –‘मैले बाबालाई सानैमा पनि देख्न पाईन । एउटी आमालाई शान्ति दिन सकिन । मेरो लास नजलाई दिनु । गाडी दिनु । आमालाई त शान्ति नमिल्ला तर म मेरो बाटो गर्छु ।’

त्यस नोटमा उनले एक पटक आमालाई आईलभ यु भने पनि सानैमा मृत्यु भएका बुबालाई पटक पटक आई लभ यु ड्याडी, आई लभ यु ड्याडी भनेर बिदा लिएको डिएसपी मल्लले बताए । सानैमा बुबा देख्न नपाएकोमा उनी न्यास्रो मान्दै आएकी भन्ने बुझ्न सकिन्छ ।