करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाई माथिबाट खस्यो सुख्खा पहिरो
२२ फागुन, बाग्लुङ्ग

बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा सुख्खा पहिरो गएको छ । एक्कासी गएको सुख्खा पहिरोले जनजीवन त्रसित बनाएको छ ।करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाई माथिबाट खसेको सुख्खा पहिरोले दरमखोला थुनिएको छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै भएको अबरुद्ध छ । बाग्लुङ प्रहरीका अनुसार खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्याहाँबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्रह गरेको छ ।

 

प्रहरीचौकी खर्बाङ्गका प्रमुख प्रनानी भोजराज बानियाले खबरडबलीलार्इ जानकारी दिएअनुसार हिजो बाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेबाट भिषण पहिरो गएको थियो ।



सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन ।
तस्वीरः अनिश शर्मा गैरे