टिभी अन्नपुर्णको समाचारमा त्रिवि विमानस्थानको गम्भिर आपत्ती

टिभी अन्नपुर्णको समाचारमा त्रिवि विमानस्थानको गम्भिर आपत्ती

२५२ पटक पढिएको

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सुन तस्करीको स्टिङ अपरेशन भन्दै विमानस्थलका कर्मचारीको चरित्र हत्या गर्ने समाचारप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

आईतबार एक बिज्ञप्ती जारी गर्दै विमानस्थलले गत शुक्रबार टिभी अन्नपुर्ण नामक अनलाईनले प्रकाशन गरेको समाचारप्रति घोर आपत्ती जनाउदै ध्यानकर्षण भएको उल्लेख गरेको हो । गत शुक्रबार टिभी अन्नपुर्र्ण नामक अनलाईनले सुन तस्करीको स्टिङ अपरेशन भन्दै विमानस्थलका कर्मचारी सुन तस्करीमा संलग्न भएको आरोप सहितका समाचार मनोगत रुपमा प्रकाशन गरेको थियो । विमानस्थल परिसरभित्र बिना अनुमति दृष्य संकलन गर्ने क्रममा प्रहरीले पत्रकार र क्यामरालाई नियन्त्रणमा लिएर विमानस्थलका कर्मचारीलार्य हस्तान्तरण गरेको विमानस्थलले जनाएको छ । विमानस्थल कर्मचारीले अनुमति लिएर दृष्य संकलन गर्न आग्रह गर्दा पत्रकार राजु सुवेदी लगायतको टिभी अन्नपुर्णको टिमलले सबै कर्मचारीलाई गाली गलौज गर्दै मनगढन्ते र भ्रामक समाचार प्रकाशन गरेको विमानस्थलले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘विमानस्थलको नियम विपरित अनाधिकृत रुपमा फुटेज खिच्ने काममा संलग्न भई आधारहिन र कपोलकल्पित भ्रामक समाचार लेखेर हाम्रा कर्तव्यनिष्ठ कर्मचारीप्रति गरेको दुव्र्यवहारप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको जानकारी गराउदछौ ।’ विमानस्थलले घटना र तथ्यमा नभई मनोगत समाचारमार्फत विमानस्थल र कार्यरत कर्मचारीको चरित्रहत्या गर्ने टिभी अन्नपुर्णको कार्यप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।