पोखरा, २२ फागुन । कास्कीको हेमजामा आठौँ हेमजा आलु महोत्सब भोलि देखि सुरु हुदैछ । महोत्सबको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

महोत्सबमा प्लाष्टिकका झोला र गिलास निषेध गरिएको आयोजकले जानकारी दिएको छ ।

सुन्दर गाउँ हेमजा जाउँ आलुका स्वालिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ महोत्सब संचालन हुदैछ । महोत्सब विष्णुपादुका खेल मैदानमा हुने छ । कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद, लगायतको प्रचार प्रसार गर्ने महोत्सबको उद्देश्य रहेको आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि करिव ३१ लाख पाँच हजार खर्च लाग्ने र ३३ लाख पाँच हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।