फाल्गुन- २४, पोखरा पदम थापा मगर

स्याङ्जा मग्यम चिसापानीमा बाबा क्या. झनकविर थापा मगर र आमा खगीसरा थापा मगरको कान्छो सुपुत्र बिलन थापा मगर सानैदेखि गीतसंगितमा रुचि राख्दथे । त्यही चाहना पुरा गर्नलाई २०५८ सालबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका विलनले अहिलेसम्म १ दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याईसकेका छन् । संस्थागत रुपमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रको महासचिव समेत रहेका उनी गीत गाउन मात्र होइन स्टेज कार्यक्रम चलाउन, गीत सृजना गर्न र गीतमा संगित संयोजन गर्न समेत सिपालु छन् । उनै बहुप्रतिभाका धनी कलाकार विलन थापा मगरले पछिल्लो क्रममा चर्चित दोहोरी गायिका शान्ति सुनार संगको सहकार्यमा निकै मन छुने गीत बोली सुनेर बजारमा ल्याएका छन् ।

तिर्सना म्युजिक प्रा.लि. ले बजारमा ल्याएको यस गीतमा बिलन थापा मगर र शान्ति सुनारको सुमधुर आवाज रहेको छ भने शब्द संकलन प्रकाश सपुतले गरेका छन् र लय बिलन आफैले बनाएका छन् । तिर्सना फिल्मसको दृश्य निर्माणमा बनेको यस गीतको भिडियो निर्देशन बाबुराम बोहोरा, छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोमा बिलनकै धर्मपत्नी दुर्गा थापा मगर र बाबुराम बोहरालाई मोडलको रूपमा देख्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्