सलमान खानलाई नेपाल ल्याउँने भन्दै ठग्ने सिमान्त गुरुङ लाजिम्पाटबाट पक्राउ

सलमान खानलाई नेपाल ल्याउँने भन्दै ठग्ने सिमान्त गुरुङ लाजिम्पाटबाट पक्राउ

२९२ पटक पढिएको

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई नेपाल ल्याउन लागेका ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ पक्राउ परेका छन् ।

सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा प्रहरीले प्रबन्धक गुरुङलाई पक्राउ गरेको हो । शुक्रबार गुरुङलाई महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रबन्धक गुरुङले सलमान खानलाई नेपाल ल्याएर कन्सर्ट गर्ने भन्दै कयौं टिकटहरु बेचेका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भनेका छन्, ‘गुरुङले टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

नेपालमा सलमान खान, सोनाक्षी सिन्हा लगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट बिक्री गरिएता पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका थिएनन् ।