सप्तकोशीमा बहाब बढ्ने क्रम जारीनै एक साइडमा  रातो बत्ति बालियो

सप्तकोशीमा बहाब बढ्ने क्रम जारीनै एक साइडमा रातो बत्ति बालियो

३०५ पटक पढिएको

सप्तकोशी नदीमा पानीको बहाब बढ्ने क्रम जारीनै, एक साइडमा रातो बत्ति बालियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ । पछिल्लो मापन अनुसार नदीमा पछिल्लो बहाव १ लाख ७४ हजार ८ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

बहाव बढेसँगै ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । असारको दोस्रो साता १ लाख ६० हजार क्युसेक प्रतिसेकेण्डको हाराहारीमा पुगेको बहाव त्यस यता केहि समय भने सामान्य अवस्थामा रहेको थियो । पूर्वी पहाडी सहितका भेगमा पुनः वर्षा हुन थालेसँगैै हिजो मध्यान्हबाट कोशीको बहावमा वृद्धि हुन थालेको हो ।

नदीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेकाले एक साइडमा रातो बत्ति समेत बालिएको छ । कोशीमा एउटा रातो बत्ति बालिनुलाई पानीको सतह बढेको प्रारम्भिक सूचक मान्ने गरिन्छ ।

नदीमा बालुवा थुप्रिएको हुनाले हाल ७ लाख क्युसेक बहाव धान्ने अवस्थामा रहेको कोशीमा ४ लाखको हाराहारीमा बढाव पुगेको अवस्थालाई खतरा मानिन्छ । नदीमा बहाव घटबढको क्रम जारी रहेपनि सबै स्परहरु सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सुनसरी प्रशासनले स्पष्ट पारेको छ ।