फागुन २६,काठमाडौं।

सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ रु सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ ।

व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

विधायन समिति सदस्य रेवतीरमण भण्डारीले उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भई आइसकेको बताए ।

‘छरिएर रहेका ऐन फौजदारी कानुनलाई एकीकृत गर्ने काम गरिरहेका छौं,’ सांसद भण्डारीले भने, ‘उक्त विधेयक पारित भएपछि कसैले सडक अवरोध गरे कानुनअनुसार कारबाही हुन्छ ।’ चैतको दोस्रो साताभित्रै उक्त विधेयक संसदबाट पारित हुने उनले जानकारी दिए ।