हेटौंडा जर्नालिजम अवार्डको तयारी तिव्र । अशोक दर्जी र टंक बुढाथोकी पनि आउने

हेटौंडा जर्नालिजम अवार्डको तयारी तिव्र । अशोक दर्जी र टंक बुढाथोकी पनि आउने

२८२ पटक पढिएको

२१ जेठ, युएई । पत्रकारहरुको सम्मान तथा पत्रकारिता क्षेत्रको प्रतिस्ठा अभिवृद्धिका लागि युएईमा आयोजना हुन लागेको हेटौंडा जर्नालिजम अवार्ड कार्यक्रमको लागि बालगायक अशोक दर्जी र गायक तथा संगितकार टंक बुढाथोकी युएई आउने भएका छन् ।

मनबिनाको धन ठुलो कि धनबिनाको मन …..युएईमै रहेका बि राज नेपालका शब्दलाई मिठो संगित र स्वर दिएका टंक बुढाथोकी र अशोक दर्जीको यो गित भाइरल बनिरहेको बेला गायकद्वयको युएई आगमनलाई निकै उत्साहपुर्वक लिइएको छ । हेटौंडा जर्नालिजम अवार्डको तयारी युएईमा व्यापक रूपमा भइरहेको बेला नेपालमा अशोकको घर निर्माण पनि भइरहेको हुँदा यो कार्यक्रमबाट प्राप्त सबै मुनाफा अशोकको घर निर्माणमा प्रदान गर्ने स्थानीय आयोजकहरुले बताएका छन् । मकवानपुरमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुको सम्मानमा न्यु मिडिया एकेडेमीद्वारा आगामी २२ जुन का दिन युएईमा हुन गैरहेको हेटौंडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम समेत आयोजना हुदैछ ।

मकवानपुर जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता वर्ष अवार्ड, सञ्चार उधमी वर्ष अवार्ड र बजार ब्यबस्थापन वर्ष अवार्ड गरेर जम्मा नौ विधामा विभिन्न व्याक्तित्वलाई पुरस्कृत गरिने छ । यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाले सिफारिस गरेका युएईमै श्रमरत दुईजना पत्रकार र दुईजना व्यावसायिक ब्याक्तित्वलाई सम्मान गरिने युएईका आयोजक मध्येका समिम खानले जानकारी दिएका छन् ।

जर्नालिजम

स्थानीय आयोजकको रुपमा समिम खान, मनोज गोर्खाली , भीम अधिकारी र मदन अधिकारी रहेका छन् । स्थानीय आयोजक समिम खानले यो अवार्डलाई युएईमा आयोजना भएका अन्न्य अवार्ड कार्यक्रमभन्दा भव्य, सभ्य र मानवीय सहयोगमा आधारित बनाउने दाबी गरिरहेका छन् । यसैगरी प्रदेश नम्बर तीन एकता समाज, एनआरएनए युएई, नेपाल पत्रकार महासंघ युएई, ईनास युएई तथा एभरेस्ट मार्शल आर्ट ट्रेनिङ्ग क्लव लगायतका संस्थाले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रमलाई रोचक बनाउन पत्रकारिता अवार्ड वितरणसंगै विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको आकर्षणका रुपमा गायक तथा संगितकार टंक बुढाथोकी र चर्चित बालगायक अशोक दर्जी पनि युएई आउने भएका छन् । कार्यक्रमबाट प्राप्त हुने सबै मुनाफा बालगायक दर्जीको घर निर्माणका लागि हस्तान्तरण गरिने आयोजकमध्ये प्रदेश-३ एकता समाज युएईका अध्यक्ष भिम अधिकारीले जानकारी दिएका छन् । कार्यक्रमबाट कुनै नाफा नभए पनि आयोजक समुहले अशोक दर्जीको घर निर्माणका लागि सहयोग जुटाउने प्रतिबद्धता अधिकारीले गरेका छन् । यसैबीच ताप्लेजुङ समाज सेवा युएईकि अध्यक्ष सोनी भण्डारीले अशोकको लागि २० हजार रुपैयाँ सहयोग गर्ने अग्रिम प्रतिबद्धता गरेकी छन् । सोनी भण्डारी जसरी अशोकको लागि सहयोग गर्न धेरै नेपाली आतुर रहेको आयोजकले बताएका छन् ।

युएईमै कार्यरत नेपाली कलाकारहरु अन्जन ढकाल, पारश लामा, दिपक गुरुङ, रेविका थापा, ऋषिलाल श्रेष्ठ, सारिका सुनारका उत्कृष्ट प्रस्तुतिहरु रहनेछन । अवार्ड वितरण तथा सांगीतिक कार्यक्रम बरदुबईको याक एन्ड यति होटेलको एभरेस्ट क्लबमा हुनेछ । ३० दिराम प्रवेश शुल्क तोकिएको उक्त कार्यक्रममा सहभागीलाई सोही शुल्कमा खानाको व्यवस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपालबाट करिब ३५ जना पत्रकार र कार्यक्रमसंग सम्बन्धित व्याक्तित्वहरु सहभागी हुने र सबैको भिसा र हवाई टिकटको व्यावस्थापन भइसकेको आयोजक समुहका मनोज गोर्खालीले जानकारी दिएका छन् । कार्यक्रमका लागि स्थानीय निकायसमक्ष अनुमती लिएको र हलको पनि व्यवस्थापन भइसकेको स्थानीय आयोजकमध्ये मदन अधिकारीले बताएका छन् ।