८ वर्षिया बालिका बलात्कृत, आरोपित परिवार सहित भागेर भारत

८ वर्षिया बालिका बलात्कृत, आरोपित परिवार सहित भागेर भारत

८२ पटक पढिएको

अछाम । साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् ।

बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी गोठालो बसेकी सोही स्थानकी ती बालिकालाई असार २० गते दासले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ ।

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर रावतले ढिला गरी घटनाको उजुरी आउँदा पीडकलाई नियन्त्रणमा लिन अप्ठयारो भएको बताउनुभयो ।

पीडित पक्षले यही असार २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बताइएको छ । बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।