डिएसपी भट्टराईको को कुटाईबाट झापामा एक महिला घाइते

डिएसपी भट्टराईको को कुटाईबाट झापामा एक महिला घाइते

५४ पटक पढिएको

झापा । झापाको काँकरभिट्टामा प्रहरी नायव उपरीक्षक (डिएसपी) को कुटाईबाट एक महिला घाइते भएकी छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंक भट्टराईको कुटपिटबाट झापा मेचीनगर–६ की लक्ष्मी आचार्य मिश्र घाइते भएकी हुन् । डीएसपीले ‘वाकिटाकी’ प्रहार गर्दा लक्ष्मीको टाउकोमा चोट लागेको छ ।

लक्ष्मी स्थानीय मनिषा मेडिकलमा उपचारपछि घर फर्किएकी छन् । कुटपिट घटनापछि स्थानीय राजनीतिक दलका कार्यकर्ताहरु र स्थानीयबीचको छलफलमा प्रहरीले घटना कसैलाई नसुनाउन र मिल्न दबाब दिएको लक्ष्मीका श्रीमान् रबीन्द्र मिश्रले बताए ।

डीएसपी भट्टराईले भने आफुले कसैलाई नकुटेको दाबी गरेका छन् । यस अघि अवैध असुली गरिरहेको भिडियो खिच्ने स्थानीय एक सञ्चारकर्मीलाई पनि डिएसपी भट्टराईले सार्वजनिक मुद्धा हाल्ने भन्दै धम्काएका थिए । घटनाको बारेमा भने प्रहरीले कुनै प्रतिक्रिया दिन मानेन ।