विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

३२० पटक पढिएको

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ ।

तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ ।

एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । यो खबर आजको नयाँपत्रिका मा छ।

तर, विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने प्रस्ट पार्न टेबलमा प्रस्तुत गरिएको उदाहरण नै काफी छ ।

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८% र बिडिएसतर्फ ९०% डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् ।।