पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्याङ्कर चालक भने पूर्वी चितवनस्थित भण्डारा प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस