अनसनरत प्रा. डा गोविन्द केसी संग बार्ता गर्न सरकार द्वारा ३ सदस्य टोली गठन

अनसनरत प्रा. डा गोविन्द केसी संग बार्ता गर्न सरकार द्वारा ३ सदस्य टोली गठन

२१२ पटक पढिएको

काठमाडौँ : सरकारले अनशनरत प्रा. डा गोविन्द केसी सँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । वार्ता टोलीलाई वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने कार्यादेश दिइएको छ ।

१९ दिनयता जुम्लामा पुगेर आमरण अनसन बस्नु भएको वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएका छन् ।