padhmaकास्कीको रुपा गाउँपालिकाकी एक उम्मेदवार श्रीमान्का् हातबाट कुटिएकी छिन् । माओबादी केन्द्रको तर्फबाट रुपा गाउँपालिका वडा नम्बर ५ को महिला सदस्य उम्मेदवार पद्मा क्षेत्री गुरुङलाई श्रीमान यामबहादुर गुरुङले कुटपिट गरेका हुन् ।

उम्मेदवारी फिर्ता नगरेको आरोपमा एमाले पार्टीको प्रभावबाट याम बहादुरले श्रीमतिलाई कुटपिट गरेका हुन् । स्रोतका अनुसार नेकपा एमालेका उम्मेदवार नवराज ओझा र रुपा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षका एमाले उम्मेदवार टेकबहादुर गुरुङको निर्देशनमा याम बहादुरले श्रीमति पद्मालाई कुटपिट गरेका हुन् । टेकबहादुर पद्माका जेठाजु अर्थात श्रीमान्का सहोदर दाजु हुन् ।

उम्मेद्वारी फिर्ता नगरेको आरोपमा कुटिएकी पद्माको टाउकोमा गम्भीर चोट लागेको छ भने दाहिने हात भाँच्चिएको छ । उनको पोखराको फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । पद्माको हात अप्रेसन गरेर फलामे रड हाल्नुपर्ने भएको छ भने टाउकोमा चार वटा टाँका लगाइएको छ । त्यस्तै मार्दिन्छु भन्दै घाँटी थिच्दा घाँटीमा ठूलै दाग प्रष्टै देखिन्छ ।

१२ वर्ष अघि अन्तरजातीय विवाह गरेकी पद्माले आफ्नै श्रीमानबाट यसरी मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायद कहिल्यै सोंचेकी थिईनन् । तर स्थानिय तहको निर्वाचनमा दलहरुबीच अस्वस्थ प्रतिष्पर्धा र आफूले जित्नैपर्ने मानसिकताका कारण चुनावी प्रचारमा जुट्नुपर्ने अवस्थामा अस्पतालको शैयामा बस्नुपरेको छ ।kutai

श्रीमान् एमाले श्रीमति माओबादी


फरक पार्टी र फरक बिचार भएपछि गुरुङ दम्पतीबीच बेलाबेला सामान्य भनाभन पहिलेपनि हुनेगथ्र्यो । घरको चुलो छुन नदिने, कुलपूजामा सामेल हुन नदिने लगायतका सामाजिक विभेद पहिलेदेखी नै हुनेगथ्र्यो । तर जब स्थानिय तहको निर्वाचन हुने भयो । एमालेले रुपा गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा उनको जेठाजु टेकबहादुर गुरुङलाई उठायो भने माओवादी केन्द्रले पद्मालाई महिला वडा सदस्यको उम्मेदवार बनायो ।

उम्मेद्वार नै भएपछि पद्माले चुनाव प्रचारमा लाग्न थालिन् । घरकै सदस्य बिपक्षमा लागेर माओवादीको प्रचारमा जुटेपछि एमालेको कमजोर ठाउँमा आफू हार्ने चिन्ताले टेकबहादुरले पद्माको श्रीमान अर्थात आफ्नो भाई यामबहादुरलाई पद्मालाई सम्झाउन चेतावनी दिदै घर बोलाए । यामबहादुर पोखरा लेकसाईडको कुटी रिसोर्टमा सुरक्षा गार्डको काम गर्छन् ।

दाजुले बोलाएपछि घर पुगेका यामबहादुरले घरमा पुगे लगत्तै उम्मेदवार दाजु टेकबहादुर गुरुङलाई फोन गरेर पद्मालाई म हातखुट्टा भाँचेर भएपनि जिताउँछु भनेका थिए । बाहिर भाँडा माझिरहेकी पद्माले यो कुरा सुनेपछि त्यसो नभन्न र आफूलाई स्वतन्त्र रुपमा चुनाव लड्नदिन आग्रह गरेकी थिईन् । त्यसपछि यामबहादुरले बुबाको घरमा पूजा छ भन्दै पद्मालाई लिएर हिंडे । त्यहाँ पनि मेसो पारेर पद्माले आफूसहित माओवादी केन्द्रलाई भोट माग्न थालिन् । त्यो देख्ने वित्तिकै श्रीमान यामबहादुरले श्रीमतीलाई देखाउँदै यो माओवादीको अनुहार पनि हेर्न मन लाग्दैन भन्दै गाली गरे ।

पद्माले तपाईं दाजु टेकबहादुरलाई जिताउन लाग्नुस्, म आफ्नो तरिकाले चुनाव लड्छु भन्दा तलाई मार्दिन्छु भन्दै पिट्न खोजेपछि घरपरिवारले छुट्याए । लगत्तै रुपा गाउँपालिका प्रमुखका एमाले उम्मेदवार नवराज ओझालाई टेकबहादुर गुरुङले फोन गरेर आजै ठेगान लगाई दिन्छु भनेको र फोन राखेपछि मैले नवराज गुण्डालाई फोन गरेको छु, आजै मार्दिन्छु भनेर घर लिएर गए ।

जवाफमा पद्माले तपाईं दाजु टेकबहादुरलाई जिताउन लाग्नुस्, म आफ्नो तरिकाले चुनाव लड्छु भन्दा तलाई मार्दिन्छु भन्दै पिट्न खोजेपछि घरपरिवारले छुट्याए । लगत्तै रुपा गाउँपालिका प्रमुखका एमाले उम्मेदवार नवराज ओझालाई टेकबहादुर गुरुङले फोन गरेर आजै ठेगान लगाई दिन्छु भनेको र फोन राखेपछि मैले नवराज गुण्डालाई फोन गरेको छु, आजै मार्दिन्छु भनेर घर लिएर गए ।

घर पुगेर कोठामा पस्ने वित्तिकै टेकबहादुरले पद्माको घाँटी थिचेर मार्ने कोशिष गरेको र आफू उम्किएर बाँच्न सफल भएको पद्माले बताइन् । त्यसपछि दिउँसो नजिकैको झाडीमा लुकेकी उनी राती घर जाँदा पछाडिबाट बाँसको चिर्पटले टाउकोमा ३ पटक र ढाड तथा हातमा प्रहार गर्दा आफू घाईते भएको बताइन् । कुट्नका लागि सासु मनमाया र देउरानीले पनि सहयोग गरेको पद्माको आरोप छ । उनले मार्ने योजनाले नै आफूमाथी आक्रमण भएको आरोप लगाएकी छन् ।

हात भाँचिनुका साथै रगताम्मे हुनेगरी कुटिएपनि उनलाई कसैले उद्धार गरेन । बरु उनले बुधबार राती पुरानो घर जहाँ अरु कोहि बस्दैनन् त्यहाँ रात काटेर विहीबार मात्र अस्पताल आएकी हुन् । उनलाई माओवादी नेता÷कार्यकर्ताले नआत्तिन र हतास नहुन आग्रह गर्दै उपचारमा सघाईरहेका छन् ।

कुनैपनि हालतमा उम्मेद्वारी फिर्ता नलिने अडानमा रहेकी पद्माले आफूलाई स्वतन्त्र रुपमा चुनाव लड्ने वातावरण मिलाईदिन आग्रह गरेकी छिन् । साथै उनले हारको मानसिकताबाट ग्रसित एमाले उम्मेद्वारहरुसहित आफ्नो श्रीमानलाई कार्वाहीका लागि आग्रह गरेकी छन् । उनले उपचारपछि आफूले कार्वाहीका लागि प्रशासनमा उजुरी दिने बताईन् । उनले आफ्नो जित सुनिश्चित रहेको पनि दाबी गरेकी छिन् ।