नेकपा एमाले पोखरा लेखनाथ महागर कमिटिको चुनाबी अभियान अन्तर्गत बिहिबार  महानगरपालिका वडा न ३३ , भरत पोखरी कालिकास्थानमाबृहत् चुनाबी सभा सम्पन्न भएको छ ।उक्त चुनाबी सभा लाई नेकपा एमालेका केन्द्रीय सदस्य रबिन्द्र अधिकारिले सम्बोधन गर्दै सुर्य चिन्ह एमालेको मात्रै नभएर सबै आम रा स्ट्रबादी नेपालिहरुको साझा चुनाब चिन्ह भएको बताएका छन।

अधिकारिले काङ्रेस माओबादिले आफ्ना कार्यकर्ताको मात्रै काम गर्ने गरेको भन्दै सबै जनतालाइ समान व्यवहार र काम गर्ने एमालेलाइ जिताउन देसै भरिका जनता आतुर भएको बताए। उनले काङ्ग्रेस माओबादिको सरकारले विभिन्न हथकन्डा अपनाएर चुनाब बिफल गराउन खोजे पनि आम जनताको साथ र एमालेको अडानका कारण चुनाब सम्भब भएको जिकिर गरे। अधिकारिले विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रबेश गरेका दर्जनौं कार्यकर्ताहरुलाइ उक्त पार्टिमा स्वागत गरेका थिए।मेयर पदका प्रत्यासि मान बहादुर जि. सि.ले एमालेले पोखरा लेखनाथलाइ समृद्धिको बाटो मा अघि बढाउन आफ्नो योजना सार्बजनिक गरिसकेको भन्दै अब सो साकार पार आफू र आफ्नो पार्टिले जनताको साथ खोजेको भन्दै बिजय पछि महानगरलाइ एसियाकै समार्ट सहर बनाउने उध्घोस गरे।

कार्यक्रममा उपमेयर पदका प्रत्यासी मन्जु गुरुङ एमाले कास्किका अध्यक्ष कृष्ण थापा ,अनेरास्वबियुका केन्द्रीय उपाध्यक्ष रश्मि आचार्य ,अध्यक्षका उम्मेद्वार शिव प्रसाद आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सभामा सो वडाका विभिन्न भाग बाट हजारौ जनताले नारा जुलुस सहित सहभागिता जनाएका थिए। नेकपा एमाले निर्बाचन परिचालन कमिटी पोखरा लेखनाथ महानगर , वडा न ३३ ,भरत पोखरीका अध्यक्ष गुरु प्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न सभामा स्वागत यज्ञ प्रसाद अधिकारी र सन्चालन जीवन सागर भन्डारीले गरेका थिए।
हेर्नुस भिडियोमा :