आइतबार, ३१ वैशाख ।

दमाैली– अज्ञात व्यक्तिहरुको समुहले धारिलो हतियार प्रहारबाट  गायक बिक्रम परियारको मृत्यु भएकाे छ । उनीसंगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ  अाक्रमणमा परी घाइते भएका छन् ।

घर नजिकैको व्यास १, छाला फ्याक्टी क्षेत्रमा घुम्न निस्किएका उनीहरुलाई करिब ५ बजेको समयमा पहिचान नखुलेको व्यक्तीहरुको समुहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ६ जनाको समुहमा आएका युवाहरुले आफूहरुलाई आक्रमण गरेको घाइते देव नारायण श्रेष्ठले बताए ।घाइते श्रेष्ठलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

पछिल्लो समयमा काठमाण्डौमा बसेर गायन तथा कलाकारितामा सक्रिय हुँदै आएका परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्न शनिवार दमौली आएका थिए । उनले आइतबार व्यास १ स्थित जलदेवी मावि मतदान केन्द्रमा मतदान गरेका थिए ।
घटनामा संलग्न रहेको अाशंकामा प्रहरीले २ जनालार्इ नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेकाे तनहुँका प्रहरी नायव उपरिक्षक सुरेन्द्र गुरूड्गले बताए ।