पछिल्लो समय  कृष्ण सुबेदीको " फेसबुक भाईबरले" चर्चाको शिखरमा रहेको छ l झन्डै एक लाख भन्दा बढीले हेरी सकेको उक्त गीत पछिल्लो समयअनुसार समसामयिक गीत भएका कारणले पनि गीत रुचाइएको गायक सुबेदी बताउनु हुन्छ l
श्रीमान विदेशिए पछि श्रीमतहिरु फेसबुक,भाईबर,साईबर र डाइभरको कारणको बिग्रिएको सामाजिक यर्थाथलाई गीतमा प्रस्तुत गरिएको छ । याँ बर्षको २०७४ सालको पहिलो दिन गायक एवंम सर्जक कृष्ण सुवेदीको नयाँ लोकदाहोरी गीत फेसबुक भाईबरले सार्वजनिक भएको थियो   गीतमा गायक सुवेदीसँगै पुर्णकला बिसीको स्वर छ । कृष्ण ढुंगाना प्रस्तुतकर्ता रहेको गीतका शब्द पनि ढुंगानाले नै लेखेका हुन भने सुवेदीले लय सिर्जना गरेका छन् । भावाना म्युजिक सोलुसनले बजारमा ल्याएको गीतको भिडियोलाई राजु पौडेल (राजु मास्टर)को निर्देशनमा तयार पारिएको हो । गीतमा बल्छी धुर्बे, सरापे, दिवाकर भण्डारी, सरु दाहालको अभिनय देख्न सकिन्छ ।
भिडियो :