कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप

४० पटक पढिएको

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले  निर्धारित समयमा धेरै विद्यार्थीको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको जनाएको छ ।

गत असोज २१ गतेसम्म विलम्ब शुल्करहित प्रति विद्यार्थी रु ८०० का दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी बुझाउन सूचना गरिएको थियो ।

फारम बुझाउन, भर्न छुट भएका विद्यालय र विद्यार्थीका लागि बोर्डको यही मङ्सिर १२ गतेको निर्णयानुसार बिलम्व शुल्क प्रति विद्यार्थी रु ८०० सहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिष्ट्रेशन आवेदन फारम यही मङ्सिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्नेछ।