रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने प्रक्रियामा, पहिलो रोजाइमा मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँ

रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने प्रक्रियामा, पहिलो रोजाइमा मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँ

६० पटक पढिएको

मोरङ / स्थान अभावका कारण विराटनगरको रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने प्रक्रियामा अघि बढेको छ । हाल विराटनगर रानीमा प्रदेश नम्बर एक प्रहरी कार्यालय, तालिम केन्द्र र प्रदेश १ सशस्त्र प्रहरी गण गरी सुरक्षा निकायका तीन कार्यालय एकै स्थानमा रहेका छन् । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सुरक्षा निकायका तीन कार्यालय एकैस्थानमा हुँदा काम कार्वाहीका लागि असहज हुँदै गएको बताए । त्यसैक्रममा केन्द्रलाई अर्को स्थानमा सार्ने जमर्को भइरहेको उनको भनाइ छ ।

मुलुक संघीयतामा गएसंगै सुरक्षा निकायको काम कारवाही तथा तालिमका कुरामा बृद्धि हुने बताउँदै रिजालले भने, ‘अब धेरैलाई तालिम पनि दिनुपर्ने हुन्छ । क्षेत्र पनि विस्तार हुन्छ । त्यही भएर तालिम केन्द्र सार्न प्रयास गर्ने काम भइरहेको छ ।हाल सो स्थानमा तालिमका क्रममा फायरिङ तथा प्रशिक्षण गराउन समेत अलि असहज हुँदै गएको उनको भनाइ छ । डीआइजी रिजालका अनुसार तालिम केन्द्रका लागि पहिलो रोजाइमा मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँ रहेको छ ।