पूर्वका भएको छुट्टाछुट्टै सवारी दुर्घटना, २ को मृत्यु, १ घाईते

पूर्वका भएको छुट्टाछुट्टै सवारी दुर्घटना, २ को मृत्यु, १ घाईते

२८९ पटक पढिएको

 पूर्वका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना  घाईते भएका छन् ।
धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ ।

शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाहक ट्रक आफै अनियन्त्रीत भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परि धनकुटा नगरपालिका(६ बस्ने बर्ष ६२ को गुरु प्रसाद दाहाल गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएकोमा उपचारको क्रममा निजको पौने ६ बजे मृत्यु भएको हो । सोही दुर्घटनामा परी ट्रकका सह(चालक मेचीनगर नगरपालिका बस्ने बर्ष २१ को चन्दन राजवंशी घाईते भई जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ भने चालक जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेका छन् ।
त्यसैगरी सुनसरीको ईटहरी उप(महानगरपालिका(३ देविथानमा ट्याक्टर र मोटरसाईकल एक(आपसमा ठोक्कीदा मोटरसाईकल चालक ईटहरी ४ बस्ने बर्ष २६ को सुमन परियारको मृत्यु भएको छ । शनिवार साँझ साढे ६ बजे ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएका निजलाई उपचारको लागि एपेक्स अस्पताल ईटहरी लगिएकोमा थप उचारको लागि बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान पठाईएकोमा उपचारकै क्रममा राती १२ बजे मृत्यु भएको हो ।