मिस पूर्वाञ्चल २०१८ को उपाधि झापाकी पूजा श्रेष्ठलाई

मिस पूर्वाञ्चल २०१८ को उपाधि झापाकी पूजा श्रेष्ठलाई

९३ पटक पढिएको

 
 मिस पूर्वाञ्चल २०१८ को उपाधि झापाकी पूजा श्रेष्ठले जितेकी छिन । 
धरानमा शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले प्रमुख निर्णायक मिस नेपाल  शृङ्खला खतिवडाले सोधेको प्रश्नको जवाफ दिदै ताज पहिरिएकी हुन् । उनले मिस पूर्वाञ्चलको उपादिसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत हात पारेकी छन् ।
यस्तै धनकुटा हिलेकी अनिला क्षेत्री फष्ट रनरअप बनेकी छन् भने मिस इटहरीसमेत बनिसकेकी तपस्या रणपहेली सेकेण्ड रनरअपमा चित्त बुझाएकी छन्। 

प्रतियोगितामा १४ सुन्दरी अन्तिम प्रतिष्पर्धामा रहेका थिए ।प्रतियोगिता सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको थियो कार्यक्रमको निर्णायकमा मिस नेपाल शृङ्खला खतिवडा, कवि सुदीप पाख्रिन, डाक्टर पप्पु रिजाल, मिस पूर्वाञ्चलकै प्रियंका श्रेष्ठलगायत निर्णायक थिए ।