आउँदो प्रदेशसभाबाट राजधानी र नामाकरण टुङ्गो लाग्छ, मुख्यमन्त्री राई

आउँदो प्रदेशसभाबाट राजधानी र नामाकरण टुङ्गो लाग्छ, मुख्यमन्त्री राई

८२२ पटक पढिएको

आउँदो प्रदेश सभा बैठकबाट प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । 

आईतबार नेपाल पत्रकार महासंघ सुनसरीको भवन उदघाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र राजधानीको विषयमा यस्तो प्रक्रिया दिएका हुन्। 

प्रदेश नम्बर १ का सबै जनताको भावनालाई कदर गर्दै प्रदेशको नामाकरण र राजधानी घोषणा गरिने उनको भनाई रहेको छ । उनले भने सबै जनताको भावनालाई कदर गर्दै नामाकरण र राजधानी टुङगो लगाईन्छ, ‘दबाब, करकापमा घोषणा हुँदैन,। 
उनले भने, ‘देशमा पहिलो पटक ३ तहको अभ्यास गरिएकाले पनि जनताले अपेक्षा गरे जस्तो नभएको हुन सक्छ, अस्थायी संरचनामा बसेर काम शुरु गर्नु पर्दा ४÷५ महिना त्यसको व्यवस्थापनमै समय खर्च भयो, अब समृद्धिको खाका तयार भईसकेकाले विकाश, समृद्धिले गति लिनेछ ।’

प्रदेश र संघीयको साझा अधिकार, एकल अधिकारका कानुन बन्न नसक्दा काम गर्न नसकिरहेको बताउँदै मुख्यमन्त्री राईले यस आर्थिक वर्षमा बजेट अनुसारको काम गर्न अख्तियारी पढाउने काम अघि बढेको बताए । कृषि, पर्यटन र उद्योगधन्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजनाबद्ध बिकास अघि बढाईरहेको उनको भनाई रहेको छ । 

 राईले महासंघ सुनसरीको ११ औ साधारण सभा तथा सप्ताह ब्यापी कार्यक्रमको पहिलो दिनको भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र चिन्तनबाट मुक्त भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गरेका छन्।