बिराट साहित्य समाजको अध्यक्षमा उमनाथ भट्टराई चयन 

बिराट साहित्य समाजको अध्यक्षमा उमनाथ भट्टराई चयन 

२६६ पटक पढिएको

 

बिराट साहित्य समाज सुन्दरहरैँचा मोरङको अध्यक्षमा उमनाथ भट्टराइ चयन हुनु भएको छ । सुकुना बहुमुखि क्याम्पसको सभाहलमा आज भएको संस्थाको छ्रैटौ साधारण सभाबाट अध्यक्षमा भट्टराइ  निर्बिरोध चयन हुनु भएको हो । यस्तै संस्थाको उपाध्यक्षमा बिदुर सुवेदी,सचिव एमणी अधिकारी,सहसचिब दीपक न्यौपाने, कोषाध्यक्ष रमेश खड्का र सदस्यहरु छवी बैरागी,सरोज समुन्द्र,हिरा खड्का,वासुदेब वराल,डिल्लीरमण घिमिरे ,प्रेमप्रसाद दंगाल जमुना कोईराला र बिनोदकुमार चौलगाँई सहित १३ कार्य समिति चयन ुभएको छ । सुन्दहरँैचा नगरपालीकाकी उपमेयर धना तामाङ्को प्रमुख आथित्यमा सम्पन्न भएको साधारण सभामा संस्थाका निबर्तमान अध्यक्ष मोहन काफ्लेले तिन बर्षे कार्यकालको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि धना तामाङले संस्थाले गर्ने हरेक साहित्यिक गतिबिधिमा नगरपालिकाको साथ रहने र संस्थाको हित र सुन्दरहरैचा नगर क्षेत्रमा साहित्यको बिकासकालागि नगरपालिकाको तर्फबाटसाथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।कार्यक्रममा साधारणसभा निर्बाचन समितिका संयोजक बलराम पोख्रेलले नब गठित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । २०६८ सालको लक्ष्मी पूजाको दिन स्थापना भएको उक्त साहित्य समाजको निर्बतमान कार्य समितिले २०७२ भाद्र्र ५ गतेबाट चयन भई कार्य गर्दै आएको थियो ।