नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाको  सरसफाई अभियान झाडु लिएर सडकमा वडा अध्यक्ष

नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाको सरसफाई अभियान झाडु लिएर सडकमा वडा अध्यक्ष

६४ पटक पढिएको

मोरङको सुन्दरहरैचा नगरपालिका स्थित खोर्साने चौकमा सरसफाई कार्यक्रम सम्पन्न भएँको छ ।नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाको आयोजनामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो । सुन्दरहरैचा नगरपालिकाका वार्ड नं १२ का वार्ड अध्यक्ष रोशन ढकाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चा का केन्द्रीय अध्यक्ष पुष्पराज प्याकुरेलकोअध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि  ढकालले विकास र उन्नतिको कार्यमा सुन्दरहरैचा नगरपालिका निकै अगाडी बाढेको तर वातावरणिय पक्षमा साथै पर्यावरयाणीय सन्तुलनको क्षेत्रमा  कसैको ध्यान नगएको बताउनु भयो । उहाँले स्वस्थ्य रुपमा मानिस मजबुद भएमा मात्र  समाज तथा देशको बिकास सम्भव रहेको धारणा ब्यक्त गर्दै आम मानिसको सोचमा परिवर्तन आउनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।  मोर्चाको अभियानमा ढकाल स्यमं झाडु बोकेर सडक सरसफाईमा निस्कनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष प्याकुरेलले सडक यात्रा गर्दा यात्रुहरुले विभिन्न खाध पदार्थ खाई त्यसको प्याकेजिङ प्लास्टीक तथा प्लास्टिक जन्य बस्तु बाहिर फ्याकी पुर्व पश्चिम लोकमार्ग सडक फोहोर तथा प्लाष्टिकमाय भई खेतिपाती,कृषि उब्जनी,पशुचौपाय साथै  वातावरण पर्यावरणमा समेत यस्तो फोहोरले ठूलो असर पर्न जाने भएकोले यसको न्यूनीकरण गर्न नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बतानु भयो ।
अध्यक्ष प्याकुरेलले यो अभियान सुनसरीको इनरुवा , झुम्का साथै इटहरीमा समेत आयोजना गरिसकेको र यो अभियानलाई देश ब्यापीरुपमा सञ्चालन गरिने बताउनु भयो  कार्यक्रमका थारु समाज रामधुनि गाउँपालिकाको चेतना मुलम नाटक साथै  नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाका संस्कृतिक बिभाग प्रमुख सहदेब कार्कीले नृत्य प्रस्तुत गर्नु भएको थियो