कसरी झेल्छन् जापानका गगनचुम्बी भवनहरुले भूकम्पको कठोर झट्काहरुलाई ?

कसरी झेल्छन् जापानका गगनचुम्बी भवनहरुले भूकम्पको कठोर झट्काहरुलाई ?

६४९ पटक पढिएको

जापानको शहरी जीवन यिनै गगनचुम्बी भवनहरु वरिपरी घुम्छन् । जापानमा बनाइएका यी गगनचुम्बी भवनहरु यसरी बनाइएका छन् कि यी भवनहरु भूकम्पसंगै हिडडुल गर्न सकुन । पछिल्लो दशकको कुरा गर्ने हो भने जापानमा सन् २०११ म आएको टोकहु भूकम्पलाई सबै भन्दा बढी विनाशकारी र शक्तिशाली मानिएको थियो ।                                                                                                                                 भूकम्प मैत्री देश
जापानलाई उदाउँदो सूर्यको देश भनिन्छ तर जापानलाई भूकम्प मैत्री देश भन्दा पनि केही फरक पर्दैन पनि । जापानमा दिनभर भूकम्पको झट्का महसुस भइरहन्छ । कतिपय समय त यी भूकम्पहरुले सन् २०११ को जस्तो विनाश लिएर आउने गर्छन ।वास्तवमा जापानका चार द्धीप धर्तीको यस्तो स्थानमा अवस्थित छ । जस्लाई भूवैज्ञानिक भाषामा ‘प्यासिफिक रिङ्ग अफ फायर’ भनिन्छ । यो धर्तीको त्यो हिस्सा हो , जहाँ युरेशिया,फिलिपिन्स र प्रशान्त महासागरीय टेक्टोनिक प्लेट मिल्छन् । धर्तीको भित्री भागमा रहेको यो स्थान चलायमान भइरहन्छ ।

एउटा प्लेट अर्को प्लेटको तल्लो भागमा जाँदा धर्तीमा ठूलो दबाब उत्पन्न हुन्छ । जस्ले गर्दा चट्टानबाट ठूलो भारकोरुपमा धर्तीमा उर्जा निस्कने गर्छन । यो खासमा त्यो दबाबको असर हो । जो एउटा प्लेटले अर्को प्लेटमाथि दबाब बढाउने काम गर्छ । यहीबाट निस्कने दबाबको रुप हो भूकम्प । यस्मा यति शक्ति हुन्छ कि शहरहरु क्षणभरमा नै जमिनमा ढलिसकेका हुन्छन् ।यसरी लगातार आउने भूकम्पले बारम्बार क्षति गरेपछि जापानका भवनहरु भूकम्प प्रतिरोधी बनाइए । टोकियो विश्वविद्यालयमा भवन सम्बन्धि इञ्जिनियरिङ अध्ययन गरिरहेका जुन सेटोको अनुसार जापानमा अस्थायी र साना भवनहरु पनि भूकम्पको धक्कालाई झेल्न सक्ने गरी निर्माण गरिएको हुन्छ ।जापानमा भवन बनाउँदा इञ्जिनियरहरुले दुई वटा पक्षमा विशेष ध्यान दिने गरेका छन् । साना तथा आवाशीय घरहरु बनाउँदा होस या ठूलो गगनचुम्बी भवनहरु बनाउँदा पहिला भूकम्पको प्रतिरोधमा नै जोड दिइएको हुन्छ । घर तथा भवन निर्माण गर्दा भूकम्पले क्षति पु¥याएपनि मर्मत तथा पुनर्निर्माण गर्न सक्ने अवस्थालाई पनि उत्तिकै ध्यान पु¥याउने गरिन्छ ।मर्मत तथा पुनर्निर्माणको सम्भावना नहुने गरि बनाइएको भवनहरुलाई खतरनाक मान्ने गरिन्छ । भूकम्पको जस्तोसुकै झट्का पनि झेल्न तयार हुने गरी भवनहरु निर्माण गरिएका हुन्छन ।

जापान सुनामीका लागि उत्तिकै खतरनाक मुलुक हो । सन् १९२३ मा आएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको सुनामीले टोकियो र योकोहामा शहरलाई क्षतविक्षत पारेको थियो भने करीब डेढ लाख जापानी नागरिकको मृत्यु भएको थियो ।टोकियोमा निर्माण गरिएको ‘स्काइट्री टावर’ विश्वकै दोस्रो अग्लो भवन हो । यस्को निर्माणमा जापानको परम्परागत प्यागोडा शैली र आधुनिक इञ्जिनियरिङको समिश्रण पाइन्छ । यस्का अलावा यो भवनमा भूकम्पको जस्तोसुकै झट्का पनि झेल्न सक्ने प्रविधिको प्रयोग गरिएको छ । तर डरलाग्दो पक्ष यो छ कि जापानमा भूकम्पले दिनानुदिन विराट रुप लिन थालेको छ । त्यसैले इञ्जिनियरिङका लागि पनि यो चुनौतीपूर्ण बन्दैछ ।अहिलेसम्म कुनै पनि वैज्ञानिक तथा प्रविधिले भूकम्पको भविष्यवाणी गर्न सक्ने प्रविधिको विकास गर्न सकेको छैन् । यो नै आम विश्वका लागि गम्भीर चुनौती बन्दै गएको छ ।