प्रदेश १ सरकारद्धरा प्रदेश सांसद निर्वाचन कार्यक्रम निर्देशिका तयार

प्रदेश १ सरकारद्धरा प्रदेश सांसद निर्वाचन कार्यक्रम निर्देशिका तयार

३५७ पटक पढिएको

प्रदेश १ सरकारद्धरा प्रदेश सांसद निर्वाचन कार्यक्रम निर्देशिका तयार

प्रदेश १ सरकारले स्थानीय तहको सिफारिसअनुसार योजना छनौट गरेर सोही तहमार्फत् खर्च गर्ने गरी प्रदेश सांसद निर्वाचन कार्यक्रम निर्देशिका तयार गरेको छ ।
 सांसदको कोषको रकम प्रतिफल आउने गरी काम गराउन प्रदेश सरकारले स्थानीय तहको सिफारिसमा सांसदहरुलाई योजना छनौट गराउने र स्थानीय तहमार्फत् नै रकम खर्च गराउने निर्देशिका तयार गरेको हो ।
संयन्त्र बनाएर स्थानीय तहको सिफारिसमा योजना छनौट गर्ने, जिल्ला समन्वय समितिमा रहेको संयन्त्रले कामको अनुगमन गर्ने र स्थानीय तहमार्फत नै पैसा खर्च गर्ने गरी प्रदेश सरकारले सांसद निर्वाचन कार्यक्रमका लागि निर्देशिका तयार गरेको छ 
निर्देशिकाले सांसदहरुले छनौट गरेका योजनाहरु ५ लाख भन्दा कमका नहुने, तालिम, गोष्ठिमा खर्च गर्न नपाउने र भौतिक निर्माणमा मात्र खर्च गर्न पाइने, सांसदहरुले छनौट गरेका योजनाहरु जनता माझ सार्वजनिक गर्नुपर्ने, काम सम्पन्न भएपछि त्यसको सामाजिक लेखापरीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ ।
सांसदरुले प्राप्त गर्ने २ करोड रुपैयाँमा १६ वटाभन्दा बढी योजना छनौट गर्न पाउने छैनन् । जिससको संयोजकत्वमा निर्माण गरिएको अनुगमन समितिमा प्राविधिकदेखि अन्य आवश्यक सबै विज्ञहरुलाई समावेश गरिएको छ । यसैगरी योजना छनौटका लागि पनि स्थानीय तहमा समिति निर्माण गरिएको छ ।