विधार्थीको सहजताका निम्ति अनेरास्ववियुको हेल्पडेस्क

विधार्थीको सहजताका निम्ति अनेरास्ववियुको हेल्पडेस्क

२७७ पटक पढिएको

विधार्थीको सहजताका निम्ति अनेरास्ववियुको हेल्पडेस्कसुन्दरहरैचा , राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११,१२ र त्रिभुवन बिश्वबिद्धालयले बि।बिए,बि।बिएस तेस्रो बर्ष लगायतको परीक्षा फराम खुल्ला गरे सगै क्याम्पस प्रशासनमा विधार्थीको अत्याधिक भिडलाई मध्यनजर गर्दै भिड व्यवस्थापनको लागी अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पसले आफ्नो हेल्पडेस्क बुधबारबाट  सञ्चालनमा ल्याएको छ ।
विधार्थीको अत्याधिक चाप बढे सगै क्याम्पस प्रशासनलाई फर्म वितरण गर्न हम्मे हम्मे परेको बेला अनेरास्ववियुले सञ्चालन गरेकोे हेल्पडेस्कले विधार्थी लगायत ब्याम्पस प्रशासनलाई सहज भएँको छ ।
 

विधार्थीको सहजताका निम्ति अनेरास्ववियु हेल्प डेस्क संचालनमा ल्याएको अनेरास्बवीयु ब्याम्पस कमिटिका सचिव मिलन घिमिरेले बताउनु भयो  विशेषगरि कक्षा ११ र १२ का बिधार्थीहरुमा परिक्षा फारम सम्बन्धि अस्पष्टता रहने र फारम खुलेको बखत अत्याधिक चाप बढ्ने भएको कारणले अनेरास्ववियुले हेल्प डेस्क संचालनमा ल्याइएको घिमिरेले बताउनु भयो । भिडको मध्य नजर गर्दै अबको केही दिन सम्म यो डेस्क संचालन हुने छ बिगतमा पनि अनेरास्ववियु हेल्प डेस्क संचालन हुँदै आएको छ ।

विधार्थी संगठनको काम विधार्थीहरुलाई क्याम्पस प्रशासन सग नजिक गराउनुको साथै विधार्थी र क्याम्पस प्रशासन बीच मध्यस्त कर्ताको भुमिका निर्वाह गर्नु रहेको हुनाले उक्त हेल्पडेस्क सञ्चालन गरिएको स्ववियु सुकुना सदस्य कमल कार्कीले बताउनु भयो ।
  भिडको मध्य नजर गर्दै अबको केही दिन सम्म यो डेस्क संचालन हुने छ । बिगतमा पनि अनेरास्ववियु हेल्प डेस्क संचालन हुँदै आएको छ ।