जसले सुन्दरहरैचा र राष्ट्रकै गौरव बढाएको छ : पिएलओ लुब्रीकेन्टस

जसले सुन्दरहरैचा र राष्ट्रकै गौरव बढाएको छ : पिएलओ लुब्रीकेन्टस

१३६ पटक पढिएको

सुन्दरहरैचा नगरपालिका वार्ड नं ०९ मा आफ्नो उत्पादन क्षेत्र राखेर सञ्चालनमा आएको ल्युब प्रा.ली.का महा प्रबन्धक युवा समाजसेवी भोलेश्वर दुलाल हुनुहुन्छ । ट्र्याक्टरको ट्रलि निर्माण गर्ने योजनाले जग्गा खरिद गरेका दुलालले लुब्रीकेन्ट्सको अध्ययन पश्चात लूब्रीकेन्ट्सको फ्याक्ट्री सञ्चालन गर्ने सोच बनाए त्यस पश्चात पुर्वाञ्चल ल्युब आयल प्रा.ली नाम राखेर फ्याक्ट्री सञ्चालनमा ल्याए जसले आज विदेसि उत्पादित ल्युब ब्राण्डस सग प्रतिष्पर्धा गरी रहेको छ । नेपालमा ल्युब फ्याक्ट्री को स्वदेशि उत्पादन गर्ने कमपनि ७ वटा छ भने विदेशी सहित ४६ वटा कम्पनिले नेपालमा प्रतिष्पर्धा गरिरहेका छन ।

सामाजिक कार्यमा सधैं नेतृत्व लिने दुलालले फ्याक्ट्री सञ्चालन गरे सगै यहाका २४१ जना युवाहरुले रोजगार पाएका छन । जसले गर्दा यहा रहेको बेरोजगारीको सङख्या केही हद सम्म उक्त फ्याक्ट्रीले घटाएको छ । कोशीहरैचा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष , नेपाल जेसिजका वर्ष २०१३ का राष्ट्रिय अध्यक्ष, लायन्स क्लब अब ईन्द्रपुर को चार्टट प्रेसिडेन्ट , मोरङ व्यापार सघको पुर्व सचिव साथै उधोग व्यापार सघको बोर्ड मेम्बर भएर विभिन्न सामाजिक सस्थाको नेतृत्व लिसक्नु भएका दुलालले अबको १० वर्षे योजना भने उधोग वाणिज्य संघको राष्ट्रिय अध्यक्ष हुने बताएका छन । त्यसका लागी आफू निरन्तर रुपमा लागिपरेको बताउछन । राष्ट्रमा स्वदेशी उत्पादनको बजार खस्केर विदेशी उत्पादनको मार्केट बढी रहेको बेला उनि भने विदेशी उत्पादनलाई पुर्ण रुपमै नेपालबाट विस्थापित गराउने योजनाका साथ उधोगलाई अघी बढीरहेका छन । उनले त्यसका लागी नेपालका विभिन्न स्थानमा आफ्नो डिलर समेत विस्तार गर्ने कार्य द्रुत गतिमा अघि बढाएका छन ।  नेपालमा विदेशी उत्पादनलाई पुर्ण रुपमा विस्थापित गराउनु पर्छ भनेर योजना बद्द रुपमा लागी परेका दुलालले आफ्नो उधोगको उत्पादनलाई अन्तराष्ट्रिय स्तर सम्म लैजान निकट भविष्यमा नै भारत श्रीलंका,भुटान , पाकिस्तान र बर्मा गरी ७ वटा बाहिरी देशमा समेत आफ्नो आधिकारिक डिलर स्थापित गर्न लागेको महाप्रबन्धक दुलालले बताउनु भएँको छ ।