स्ववियु सुकुनाको वार्षीक खेलकुद कार्यक्रम आजबाट शुरु

स्ववियु सुकुनाको वार्षीक खेलकुद कार्यक्रम आजबाट शुरु

४२ पटक पढिएको

आज उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेश सांसद राज कुमार ओझाको रहेको थियो भने कार्यक्रमको सभाध्यक्ष स्ववियु सुकुना सभापति सन्तोष लिम्बुको रहेको थियो । त्यस्तै विशिष्ठ अतिथिमा सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेम प्रसाद भट्टराई , अतिथिमा अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष मिलन बस्नेतको रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सुकुना उपसभापति मिलन घिमिरेले राखेका थिए भने कार्यक्रम सञ्चालन स्ववियु सदस्य कमल कार्कीले गरेका थिए ।

कार्यकममा प्रमुख अतिथि प्रदेश सांसद ओझाले स्वतन्त्र विधार्थी युनियन स्थापना कालबाट आज सम्म विधार्थीको साझा मुद्दा र हकहितको लागी लढ्दै आएको बताए । साथै ओझाले खेलकुद मार्फत विधार्थीको बौद्धिक तथा शारिरिक स्फुर्तीको लागी स्ववियु अढिक रहेको बताउदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । सांसद ओझाले आफू सोही क्याम्पसमा तीन पटक सम्म स्ववियु सभापति र एक पटक उपसभापति समेत भएको स्मरण गराउदै स्ववियुलाई विधार्थीको हक हितमा अढिक रहन समेत आग्रह गरेका थिए । कार्यक्रममा यस अघि स्ववियुले खेलाएको विभिन्न खेलमा प्रथम , दोस्रो र तेश्रो हुने विधार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको सभापति लिम्बुले बताएका छन ।