मोरङ प्रशासनद्धारा बिराटचौकमा निषेधाज्ञा जारी

मोरङ प्रशासनद्धारा बिराटचौकमा निषेधाज्ञा जारी

३६५ पटक पढिएको

जिल्ला प्रशासन कार्यालय मोरङले बिराटचौकको घटनालाई लिएर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीका अनुसार बिराटचौकदेखी बिराटनगर आउने बेलेपुर क्षेत्रमा बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधाज्ञा जारी गरेको बताए ।
। मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अहिले सम्म ११ वटा ट्रिपर जलाएका छन । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएको  थिउो भने ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका हुन  यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ । निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन्