बिराटचौक अबडेटः  टेरेनन् स्थानीयले निषेधाज्ञा सडकमै शव राखेर प्रदर्शन

बिराटचौक अबडेटः टेरेनन् स्थानीयले निषेधाज्ञा सडकमै शव राखेर प्रदर्शन

४१९ पटक पढिएको

स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ ।
निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन् । ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिती थप तनावपूर्ण बन्दै गएको छ ।