अनेरास्ववियुको आयोजनामा रक्तदान कार्यक्रम हुदै

अनेरास्ववियुको आयोजनामा रक्तदान कार्यक्रम हुदै

४९० पटक पढिएको

 

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङमा खुला रक्तदान कार्यक्रम हुने भएको छ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु) क्याम्पस कमिटि सुकुना बहुमुखी क्याम्पसको आयोजनामा उक्त कार्यक्रम यहि माघ २२ गते मङगलबार हुन लागेको हो ।रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि स्ववियु मञ्चमा हुने जनाईएको छ । स्ववियु सुकुना बहुमुखी क्याम्पस,एकता शिर्जनशील विद्यार्थी समाज ,सुकुना साहित्यिक विद्यार्थी समाज ,युरेस सुकुना बहुमुखि क्याम्पसको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न हुने भएको छ । विद्यार्थीमा लोकप्रीय बनेको अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटिले बिद्यार्थीको हक हितका साथसाथै सामाजिक कार्यमा समेत आफ्नो सक्रियता जनाउदै आएको छ । अनेरास्ववियुले रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत दान गरी मानवीय कार्यमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ । सुकुना बहुमुखि क्याम्पसमा अनेरास्ववियुको आयोजनामा प्रत्येक बर्ष रक्तदान कार्यक्रम सञ्चालन हुदै आएको छ ।