पाच वर्ष भित्रमा प्रदेश १ कै नमुना नगरपालिका बनाउने छु: नगर प्रमुख ढकाल

पाच वर्ष भित्रमा प्रदेश १ कै नमुना नगरपालिका बनाउने छु: नगर प्रमुख ढकाल

१२५० पटक पढिएको

सुन्दरहरैचा विकासको बगैचा भन्ने मुल नारालाई कसरी न्याय गरी राख्नु भएको छ ?

सुन्दरहरैचा विकासको बगैचालाई त न्याय नै गरीराखेका छौ । जनप्रतिनिधी ५ वर्ष जनताको सेवा गर्न आएको हो । हामीले सकेसम्म भेदभाव विना हाम्रा नगर भरिका सबै वडालाई समानुपातिक ढंगले सबै बिकास निर्माण , पुर्वाधार पर्यटन कृषि शिक्षा स्वास्थ्य लगायत जनताका तमाम चाहनाहरु छन आवश्यकताहरु छन तिनलाई पुरा गर्नका निम्ती हामी अवरात्र खटीराखेका छौ र जनता पनि अहिले सम्मको १.५ वर्षको कार्यकालमा हाम्रो काम गराई शैली बाट एकाद बाहेक अपवाद बाहेक खुशी नै छन । र हामीले समग्र सेवा गर्ने कुरामा न्याय नै गरी राखेका छौ ।

तपाईले यस नगरमा आफ्नो नेतृत्व लिए देखी नगरमा के कती बिकासका काम भए ?

मैले नेतृत्व लिए पछाडी नगरपालिकामा हामीले धेरै नयाँ किसिमका जुन रेगुलर हेदै थिए ति बाहेक नयाँ कामहरु धेरै शुरु गरेका छौ । जस मध्ये हामीले १ वर्ष मा झन्डै बिकासका कामहरु ३० किमी भन्दा बढी बाटोहरु कालोपत्रे गरेका छौ भने ५० किमी भन्दा बढी बाटोहरु ड्रेन गरेका छौ । त्यसै गरी ५० किमी भन्दा बढी बाटोहरु उच्च स्तरिय ग्राभेल गरी सकेका छौ । यो सगसगै पर्यटकिय क्षेत्रमा रहेको हसिना , बाघझोडा , बासुकी पोखरी , भुल्के जलाधर , काली खोला , किच्चक गढी शेष नारायणको बृहतर योजना बनाई काम अघी सरेका छौ । कृषिको क्षेत्रमा पशुपक्षीको क्षेत्रमा बृहत कार्ययोजना ल्याएका छौ । जेष्ठ नागरिकहरुको ठुला ठुला योजनाका कामहरु भईरहेका छन । बालबालिकाहरुको काम पनि यिनको साथै नगरपालिकामा नेपालकै पहिलो पल्ट नमुना वाल्किङ स्ट्रीट जुन अहिले चर्चामा छ । उधोग वाणिज्य सघ सगको समन्वयमा यो नगरका महत्वपूर्ण ८ वटा चोकमा १० करोड भन्दा बढीको लागतमा सार्वजनिक शौचालय निर्माण गर्दैछौ । हाम्रै पहलमा कर कार्यालय विराटचौकमा स्थापना भयो । त्यसै गरी ट्राफिक प्रहरिको हामीले नगरमै व्यवस्थापना गरेका छौ । नगरलाई पूर्ण सुरक्षा प्रदान गर्नका निम्ती नगरका सबै महत्वपूर्ण स्थानमा सिसी क्यामेरा जडान हाम्रै पहलमा गरेका छौ । त्यसै गरी नगरमा आगलागी भएको खण्डमा हामीले दमकलको पनि व्यवस्था गरेका छौ जुन अहिले नगर भन्दा बाहिर पनि धेरै उपयोगी बन्दै गएको छ । त्यसै गरी नगरले मर्दा खेरी शवलाई घर देखी घाट सम्म लैजान को लागी सव बाहन पनि हाम्रै पहलमा खरिद गरिएको छ जसले नगर भरी निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । र जनता यी कामले खुशी नै हुनुहुन्छ भन्ने हामीले बुझेको छौ ।

हिजो राजनीतिक पृष्‍ठभुमीमा रहेर काम गर्नु र आज जनप्रतिनिधी भएर जनाताको काम गर्नुमा कस्तो अनुभव पाईराख्नु भएको छ ?

राजनीतिक पृष्‍ठभुमीमा रहेर काम गर्नु र आज जनप्रतिनिधी भएर जनाताको काम गर्नुमा केही फरक छ । हिजो एउटा पार्टीको मात्र निश्चित घेरा भित्र हामी रहन्थ्यौ भने आज आम जनताको प्रतिनिधि भएर काम गर्छौ । केही असहज परिस्थिती पनि छ । तर ती असहज र अफ्ट्यारो परिस्थिती भएर पनि सुन्दरहरैचा नगरपालिकालाई एउटै बाटोमा एउटै ट्र्याकमा हिडाउनका निम्ती हामी आमा सहमतिका साथ अधिक्तम लचकताका साथ मैले कार्यक्रमहरु अघी ल्याएको छु र सोही अनुसार काम भईरहेको छ । एउटा जनप्रतिनिधी हुँदा अलिक बढी जिम्मेवार हुनु पर्ने अलिक बढी सहनशिल हुनुपर्ने अलिक बढी सक्रीय हुनुपर्ने अलिक बढी नितिगत कुराहरुको निर्णय गर्नुपर्ने हुदो रहेछ । हिजो निर्णयक तहमा नहुँदा खेरी सजिलो जुन सुकै कुरा हरु पनि जसरी प्रस्तुत गरे पनि हुन्थ्यो । तर आज त्यो भन्दा अलिक फरक छ । कती कुरा चित नबुझे पनि बुझाए जस्तो तरिकाले बस्नु पर्या छ । त्यो चाँही बिडम्बना छ अलिकती ।

राजनीतिक पृष्‍ठभुमीमा रहेर काम गर्न सजिलोकी जनप्रतिनिधी भएर ?

दुईटै अफ्ट्यारो कुरा हो । राजनीति गर्न पनि त्यती सजिलो छैन , जनप्रतिनिधी हुँदा त झनै सजिलो हुने कुरा छैन । तर यसलाई सहज रुपमा स्विकार गरेको छु । त्यही सहज रुपमा अवतरण गराउनका निम्ती जनता सग मत लिएको हो मागेको हो । जनताले सपोर्ट गर्नु भयो मत दिनु भयो । विजय भईयो । उहाहरुकै सेवामा पाच वर्ष कृयाशिल रहन्छु भनेर नै आएको हुनाले मलाई त्यस्तो कुनै अफ्ट्यारो लागेको छैन । राजनीति पनि त्यस्तै पेशा हो जसमा सधैं भरी जनताकै सेवा गर्ने हो अझ जनप्रतिनिधी हुँदा एउटा प्लेट फर्म भएको कारण अझै सजिलो हुन्छ ।

जस्तै सुन्दरहरैचा नगरपालिकाको कार्यपालिकामा नेपाली काङ्रेस भन्दा नेकपाको बहुमत बढी छ, तपाईंलाई काम गर्न कतिको सहज छ ?

काम गर्नलाई बहुमत र अल्पमतले धेरै असर चाँही गर्दोरहेनछ किनभने मेरो कुनै निश्चित उद्देश्य नभए पछी १२ वटै वार्डमा समानुपातिक बिकास गर्ने भए पछी मलाई त्यो बहुमत र अल्पमतले असर नै गर्या छैन अहिले सम्म र यो डेढ वर्षको कार्यकालमा हामीले सहज ढंगले कुनै पनि एउटा निर्णय पनि वादविवाद नभईकन सर्वसम्मत ढंगले आज सम्म गरेका छौ र हामीले काम गर्ने बिषयमा जनप्रतिनिधी बिच कुनै पनि असहमती छैन तर पार्टी च्यानलमा बस्ने साथीहरु जो जनप्रतिनिधी हुनुहुन्न आफुलाई नेता ठान्नु हुन्छ उहाहरुले चाही घरी घरी डिस्ट्रप गर्ने जनप्रतिनिधीलाई पनि भ्रमित पार्ने जनप्रतिनिधीलाई गलत कुराले गाइड गर्न खोज्नुहुन्छ तर जनप्रतिनिधी साथीहरु जो हुनुहुन्छ उहाहरुले त्यसो गर्नुहुन्न र मलाई यो टिम लिएर हिंड्न् कुनै समस्या पनि छैन र भोली पनि आउँदैन भन्ने अपेक्षा छ ।

कहिले काही कार्यपालिका बैठक पश्चात भित्र एउटा कुरा हुने र भोली पल्ट त्यो कुरा मैले भन्या हैन भन्ने हल्ला बाहिर आउछ , त्यसो चाँही किन भएको होला ?

त्यो त गलत हो, त्यस्तो त कहिल्यै हुन सक्दैन । सबै कुराको आधिकारिक्ता हुन्छ त्यस्मा उपस्थिती हुन्छ निर्णयमा शाही हुन्छ आज सम्म सुन्दरहरैचामा त्यस्तो भएको छैन । १००% सहमतिमा निर्णय हुने गर्दछ । राजनीतिका लागी कसैले बाहिर कुरा लगायो पार्टीका व्यक्तिले लगायो भने बेग्लै कुरा हो नत्र जनप्रतिनिधिमा आज सम्म त्यस्तो भएको छैन ।

दुई नगरपालिका मिलेर एक नगरपालिका भएको छ तर जनता सामु जादा बिकासको काममा अन्तर भयो भन्ने गुनासो छ, के पक्कै अन्तर छ त ?

छैन । विल्कुलाई अन्तर छैन र बाह्रै वटा वडालाई हामी नगरपालिकाले दिने सेवा सुविधा र पुर्वाधारका निम्ती दिईने बजेट सबैलाई समानुपातिक छ, बराबर छ । सिलिङ बजेट बराबर छ, सिलिङ पछाडि जुन सक्षित रहेको कोषबाट हामी वितरण गर्छौ त्यो पनि हामीले समानुपातिक वितरण गर्छौ । कुनै वार्डमा हजारमा फरक पर्ला तर लाखमा फरक पर्दैन । राजनीतिक गर्ने राजनीतिक साथीहरुले त्यसो भनेका हुन । हाम्रो कार्यपालिकामा, हाम्रो बोर्ड बैठकमा त्यस्तो खाल्को अनुभुती कसैले गरेको छैन र हुन दिने पक्षमा म छैन । कसै कसैले चर्चामा आउन बाहिर गएर बोल्नु स्वभाविक हो तर त्यसो भएको छैन ।

पछील्लो समय यता कता नगरपालिका टुक्राउने हल्ला अैरहेको छ, के साच्चै टुक्रिन्छ त ?

त्यो चिया पसलमै सिमित रहन्छ । नगरपालिका टुक्रिने कुरा चाँही सल्लाह भन्दा पनि हल्ला मात्र हो । न यो हामीले चाहेर टुक्रिन्छ न सरकारले चाहेर पनि टुक्रिन्छ सर्वोच्च निकाय भनेको सासद हो । सासदमा दुई तिहाई बहुमतका साथ सविधानलाई सशोधन गरेर गरियो निर्णय भने टुक्रेला अन्यथा चिया गफ गर्ने,टोलमा राजनीति गर्ने गफ मात्र हो । नगरपालिका टुक्राउने चाहना कसैको छैन र कल्पना पनि कसैले गर्नु हुन्न ।

नगरपालिका घोषणा गर्दै नगरको केन्द्र सलकपुरमा सार्ने कुरा थ्यो कहाँ सम्म पुग्यो ति कुराहरु ?

केन्द्र सार्ने कुरा भएको हो पहिला नै राजनीतिक शाहअंअती पनि भएको हो सार्नु पनि पर्छ हामीलाई एकदमै टाइट छ यो ठाउँ सानो छ । सार्ने कुरामा दुबिधा छैन , पहिलो नगरसभाले नै सार्ने र्निर्णय सहमतीले पारीत गरेको छ । भर्खरै मात्र म काठमाण्डौबाट आएको र यसै नगरबाट दुई जना मानानीय मन्त्री ज्युलाई पनि मैले जग्गा सम्बन्धी सम्पूर्ण डकुमेन्ट बुझाएको छु । उहाहरुले पनि नगर सार्ने कुरामा लागि पारीराख्नु भएको छ र जिल्ला प्रशासन कार्यालयमा पनि यस्का लागि आवश्यक डकुमेण्टहरु अगाडि बढाएको छु । हामीले हाम्रो तर्फबाट नगर सार्ने निर्णय गरीसकेका छौ , हामीबाट कुनै अफ्ट्यारो छैन अब नेपाल सरकारले विधिवत रुपमा हामीलाई पुर्जा उपलब्ध गराउने अथवा भोगाधिकारको अधिकार दिने कुरा चाँही पछील्ला क्याबिनेट बैठकहरुमा केही निर्णय गर्न बाँकी रहेछन अबका बैठकहरुमा नेपाल सरकारले त्यो पनि निर्णय गर्ला र मेरै पाच वर्षे कार्यकालमा नगरपालिकाको केन्द्र सलकपुरमा सर्छ ।

देश सघियतामा गएको लामो समय भईसक्यो अझ पनि प्रदेश १ को नाम र राजाधानी टुङो लाग्न सकेको छैन , तपाईं के भन्नुहुन्छ ?

प्रदेश १ को नाम र राजाधानीको बिषयमा धेरै बहस भएको छ । धेरै कुरा भईसकेको छ । प्रदेश को राजाधानी हामी स्थानिय तहका ९ वटा पालिकाले निर्णय गरेर प्रदेश को राजाधानी गोठगाउमा जुन पुर्वाञ्चल विश्व विधालयको भोगाधिकार रहेको ८०५ विघा जग्गा छ त्यो ८०५ विघा जग्गा मध्ये ३०० विघा जग्गामा प्रदेश १ को राजाधानी बनाउनुपर्छ भन्ने निर्णय हामीले पेश गरेका छौ । यसमा आवश्यक गृहकार्य भ्ईराखेको होला । र विश्व विधालयलाई पनि केन्द्रिय कार्यालय विराटनगरबाट गोठगाउमै सार्नुपर्छ र विश्व विधालय पूर्ण रुपमा यही बाट सञ्चालन हुनुपर्दछ र प्रदेशको राजाधानिको लागि पनि फराकिलो ठाउँ र् उपयुक्त सबैलाई सहज हुने ठाउँ भएकोले प्रदेश १ को राजाधानी गोठगाउमा बनाइनुपर्दछ । र यो सग सगै अर्को महत्वपूर्ण निर्णय भएको छ मेरो कार्यकालमा १ नम्बर प्रदेश प्रहरीको तालिम केन्द्र सुन्दरहरैचाको ९ नम्बर वार्ड स्थित पुर्वाञ्चल विश्वविधालय भन्दा पुर्व पट्टीको खाली जग्गामा राख्ने कुरामा आवश्यक काम भईरहेको छ । त्यसैले प्रदेश १ को राजाधानी समेटा गोठगाउमा ल्याउदा उपयुक्त हुनेछ ।

केही समय अगाडि पुर्व पश्चिम लोकमार्गमा भएको रुख अरु जथाभावी रुपमा काटियो भन्ने विरोध आईरहेको छ , किन काटियो होला त्यसरी ?

यो रुखको बिषयमा मैले भर्खरै मात्रा सिडियोलाई पत्रचार गरेको छु । यो चाँही प्रदेश सरकारको निर्णय हो । प्रदेश सरकारले ६ वटा नगरपालिकालाई सडक सुशासन गुरुयोजना अन्तर्गत पारेको छ अहिले त्यसमा सुन्दरहरैचा नगरपालिका परेको छ । सुन्दरहरैचा नगरपालिका भित्रको हाइवे लोकमार्गलाई ८२/८२ फिट सेन्ट्रल बाट क्लियर गर्ने योजना हो त्यस्को डिपिआर बन्दै छ त्यस्मा प्रदेश सरकारले पनि हामीलाई पत्रचार गरेको छ ट्राफिक प्रहरिले पनि पत्रचार गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुशासन समिती निर्माण भएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख , सशास्त्र प्रहरी प्रमुख , वन प्रमुख र सडक विभागका प्रमुख सहित हामीले नगरपालिका कै कार्यालयमा बसेर हामीले सडक भित्र रहेका अनावश्यक रुखहरु हटाउने ८२ फिट क्लियर गर्ने र सो काम चाँही उपभोक्ता समिती मार्फत गर्ने भनेर सम्बन्धित उपभोक्ता समितिबाट उक्त काम अगाडि बढाएका हौ र काटिएका रुखहरु बोलपत्र आह्वान गरी टुङो लगाइने छ । त्यस्मा केही उजुर बाजुर पनि परेको छ र त्यस उजुरिको कार्यालयबाट स्पष्टिकरण पत्र दिए पछी अहिले शान्त छ । र जती अहिले रुखहरु काटियो त्यो भन्दा बढी रुख पुन व्यवस्थित तरिकाले नगरपालिकाको सयोजनमा रोपिनेछ ।

वर्षेनी पुर्व पश्चिम लोकमार्गको सडक बिग्रीएका कारण वर्षेनी सयौले ज्यान गुमाईरहेका छन , के छ नगरबाट त्यस्लाई नियन्त्रण गर्ने योजना ?

लोकमार्ग निर्माणमा नगरपालिकाको कार्यक्षेत्र पर्दैन । तर पनि सडकमा भएका खाल्डा खुल्डिहरु नगरले समय समयमा गिटी बालुवाहरु हालेर पुर्ने काम गरिरहेको छ । र सडक विभागलाई पटक पटक हामीले पत्रचार पनि गरिराखेका छौ र सडक विभागले पनि सडक मर्मत गर्छौ भनेको छ आसा छ छिट्टै सडक विभागले सडक मर्मत गर्ने छ ।

अन्त्यमा पाच वर्ष तपाईंको कार्यकाल , कस्तो बनाउनुहुन्छ नगरलाई ?

पाच वर्ष भित्रमा सुन्दरहरैचा नगरपालिकालाई प्रदेश १ कै नमुना नगरपालिका बनाउने छु । मेरो कार्यकाल भरी सबै सडकहरु कालोपत्रे भ्ईसक्छन । खोला तटबन्द गर्नका लागि विशेश योजना सहित कार्य सम्पन्न हुनेछ । र हरेक नागरिकले घर घरमा पाउने सुविधा छ आफ्नो टोलमा आफ्नो घरमा सिहदरबार आउछ भनिएको छ त्यस्का निम्ती आफु लागि पर्ने छु । नगरमा क्लिन सिटी को अवधारणा ल्याई नगरलाई समृद्ध बनाउन विषेश पहल गर्नेछु ।