नगरप्रमुखको प्रशंसनीय कार्य ः गाडी किन्न आएको पैसाले जनतालाई जस्तापाता

नगरप्रमुखको प्रशंसनीय कार्य ः गाडी किन्न आएको पैसाले जनतालाई जस्तापाता

१२३ पटक पढिएको

 

मोरङको लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईले आफनो सुबिधाका लागी आएको गाडी किन्ने पैसाले नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियान शुरु गरेका छन ।
“मेरो सुविधा कटाई देउ नगर बाट फुसको छानो हटाईदेउ”–अभियान नै सञ्चालन गरेर शुक्रबारदेखि सो कार्यक्रम शुरु गरिएको हो । मोरङको उत्तरी क्षेत्रमा अबस्थित लेटाङ नगरपालिकाले अति विपन्न समुदायको पहिचान गरि जस्ता पाता वितरण गरेको छ । नगरपालिकाको समुदाय लक्षित कार्यक्रम अन्र्तगत नगरलाई समृद्घ नगरका रुपमा विकास गराउने लक्ष्यका साथ प्रत्येक वडाका वडा अध्यक्षको सहकार्यमा नगरका ९ वटा वडा ७० घरधुरी परिवारलाई प्रति परिवार ३५ हजार मुल्य वरावरको २४ लाख ५० हजार कोे रंगिन जस्ता पाता वितरण गरिएको हो ।
गत वर्षको १० लाख चालु आर्थिक वर्षको २० लाख र नगरपालिकाले गाडी किन्न छुट्एको ६२ लाख रुपैया मध्ये गत वर्षको र चालु आर्थिक वर्षको रकम वाट जस्तापाता खरिद गरि वितरण गरिएको हो । “मेरो सुविधा कटाई देउ नगर वाट फुसको छानो हटाईदेउ” भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधा भोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडी लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरि जस्तापाता वितरण अभियानको थालनी गरिएको हो ।

नगर लाई समुद्घ नगरका रुपमा विकाश गराउने अफ्नो दिवा सपना भएकाले सो पुरा गर्न आफु सेवा भोगी भन्दा पनि जनमुखी कार्यक्रम आगामी दिनहरुमा ल्याउन प्रयत्नरत रहेकाले सवैको सल्लाह सुझावको अपेक्षा समेत राखेको आयोजीत कार्यक्रममा राईले बताएका छन् ।
। नगरपालिका परिसरमा आयोजित कार्यक्रममा दृष्टिविन मान बहादुर सुर्य मगर लाई नगर प्रमुख शंकर राईले जस्तापाता वितरण गरि अभियानको थालनी गरेका हुन । आगामी वर्ष सम्ममा नगरका ४ सय २५ घरपरिवारलाई जस्ता पता वितरण गर्ने योजना समेत रहेको कार्यक्रममा बताईएको छ ।
४ सय २५ घरपरिवारलाई अहिलेको अनुपातमा रकम विनीयोजन गर्ने हो भने १ करोड ५० लाख भन्दा बढि रकमको अवश्यता पर्ने भएको हुनाले अहिले वितरण गरेर रहेको रकम र अन्य आउदा वर्षहरुवाट विनियोजित रकम वाट भागवन्डा गरि अभियान सफल वनाईने योजना रहेको कार्यक्रममा जानकारी दिएको छ । वितरण कार्यक्रमलाई पारर्दशी वनाउनका लागि नगरपालिकाले स्थानिय वडा हरुको सम्वन्यमा ५ सुत्रिय आधार पत्रको निर्माण गरि अहिले ७० घरपरिवारको छनौट गरको हो ।