नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् ।

१४१ पटक पढिएको

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रन्तु गुरुङ र दिपेन गुरुङ सचिवमा मन ब थापा,सहसचिवमा करुणा पुन कोषाध्यक्षमा भुवन राई लगाएत चयन भएका छन।नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रन्तु गुरुङ र दिपेन गुरुङ सचिवमा मन ब थापा,सहसचिवमा करुणा पुन कोषाध्यक्षमा भुवन राई लगाएत चयन भएका छन।

भेलामा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सुजन लामाले आदिवासी जनजातिहरूको हकहितको निम्ति सदैव महासंघले भूमिका खेल्ने बताए । हामी आदिवासी जनजातिले आफ्नो मातृभाषा संस्कृति, भेषभूषा, रितिरिवाजको जर्गेना गर्नुको लागि र यो देशमा समान अपनत्व कायम गर्नको निम्ति निरन्तर संघर्ष गर्नुपर्ने भन्दै नया आगन्तुक विद्यार्थीहरूलाई सधैं समन्वय गरी अघि बढ्न अभिप्रेरित गरे ।त्यस्तै आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका सचिव प्रेम रोका मगरले हिजोका दिनमा आदिवासी आन्दोलनमा होमिएको इतिहास स्मरण गर्दै उक्त आन्दोलनले केही न केही उपलब्धि भएको बताउँदै अबका दिनमा पनि अन्य नयाँ आदिवासी जनजाति विद्यार्थीहरूलाई पनि सचेत गराउँदै अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै भेलामा आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीकी सह–सचिव ज्ञानु भूजेलले आगामी माघ २० गते हुने पृथ्वीनारायण क्याम्पसको चौंथो अधिवेशनको बारेमा जानकारी गराएका थिए भने उक्त कार्यक्रममा पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत आदिवासी विद्यार्थीहरूलाई उपस्थित हुनको निम्ति आग्रह समेत गरे ।