मुलुकको समृद्धिका लागि भ्रष्टाचार सबैभन्दा ठूलो बाधक ः राजीव पहारी  गण्डकी प्रदेशका सांसदहरुले हेरे चलचित्र ‘१०० कडा १०’

मुलुकको समृद्धिका लागि भ्रष्टाचार सबैभन्दा ठूलो बाधक ः राजीव पहारी गण्डकी प्रदेशका सांसदहरुले हेरे चलचित्र ‘१०० कडा १०’

५१ पटक पढिएको

पोखरा, २२ माघ     गण्डकी प्रदेशका सांसदहरुले शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘१०० कडा १०’ हेरेका छन् । भ्रष्टाचार विरुद्धको कथामा आधारित चलचित्रलाई मंगलबार यहाँका सांसदहरु राजीव पहारी, मित्रकुमारी सुवेदी गुरुङ, मिना गुरुङले हेरेका हुन् । चलचित्र हेरिसकेपश्चात प्र्रतिक्रिया दिदै सांसद राजीव पहारीले हाम्रो देशको व्यवस्थामा परिवर्तन भए पनि जनताको अवस्था नफेरिएको बताए । शिर देखि पैतालासम्म राज्यका हरेक अंगमा भ्रष्टाचार व्याप्त भएको उनले उल्लेख गरे ।

भ्रष्टाचारका नियन्त्रणका लागि राज्यको नितिनियम कानुनहरु मात्रै आफैमा प्रयाप्त नभएको उनको भनाइ थियो । जो कोहीले जुनसुकै आवरणमा भ्रष्टाचार गरेको भएपनि भ्रष्टाचारीलाई सामाजिक रुपमानै परिष्कृत गरिनुपर्ने उनले बताए । परिवारबाट पनि भ्रष्टाचारीको विरुद्ध अभियाननै चलाउनु पर्ने तर्फ उनले औल्याए । ‘मुलुकको विकासको निम्ति, समृद्धिका निम्ति भ्रष्टाचार सबैभन्दा ठूलो बाधक भएको बताउदै चलचित्रमा कुनै एक परिवारको एक सदस्यले भ्रष्टाचार गर्दा पारिवारिक चिन्तनको विषयलाई अत्यन्त सान्दर्भिक ढंगले प्रस्तुत गरिएको छ । भ्रष्टाचार नियन्त्रण गर्नमा चलचित्रले सहयोग पु¥याने आशा राखेको छु ’— उनले भने । चलचित्र हेर्न पोखरा महानगरपालिकाका प्रवत्ता धनबहादुर नेपाली, गैर सहकारी संस्था कास्कीका अध्यक्ष पदम पहारी, कार्यपालिका सदस्य यशोदा भट्टराई, पुष्पा पहारी घले, बाराही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बराल, प्राध्यापक शिव प्रसाद भण्डारी, अनेमा संघ कास्कीकी सुशीला पराजुली, महिला नेत्री देवका पहारी, चरक एकेडेमीकी सृजना पण्डित लगायत विभिन्न वडाका अध्यक्ष तथा सदस्य सहित संघसंस्थामा आबद्ध रहेका कार्यलयका नेतृत्व तहका ५० भन्दा बढि व्यत्तिहरु पोखरा क्युएफएक्स पुगेका थिए । नारीजागरण अभियान पोखराकी संयोजक तथा वडा नं ५ की वडा सदस्य अन्जु केसीको संयोजनमा चलचित्र देखाइएको हो । चलचित्रका साहायक निर्देशक सुदिप पौडेलले ‘१०० कडा १०’ ले पोखराको प्रचारप्रसारमा टेवा पु¥याउने बताए । उनले पोखराका दर्शकहरुबाट पनि राम्रो प्रतिक्रिया आएको जानकारी गराए । पोखराको क्यारेक्ट भएकाले पनि पोखरेलीहरुलाई चलचित्रको कथाले मन छुनेमा सुदिप विश्वस्त छन् ।