कार्यक्रम स्थलमै ढलेका गाउँपालिका अध्यक्षको निधन  

कार्यक्रम स्थलमै ढलेका गाउँपालिका अध्यक्षको निधन  

३०० पटक पढिएको


 
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ।पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा सहभागी भएकै अवस्थामा अकस्मात ढलेका नेम्वाङलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा निधन भएको हो  
अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पवनजंघ रायमाझीले बताउनु भएको थियो  घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले  जनाउनु भएको छ ।